काठमाडौं । सूचना लिनका लागि खटाउने गरिएका सादा पोशाक प्रहरीलाई हाकिमहरुले अतिरिक्त आम्दानीका लागि घुमुवाका रुपमा खटाउँदा नेपाल प्रहरी बदनाम हुँदैआए पनि त्यो क्रम रोकिन सकेको छैन । यसैक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालयले एक विवादित बरिष्ठ सईलाई प्रदेशकै घुमुवाका रुपमा खटाएको छ ।
लामो समयदेखि घुमुवाका रुपमा कार्यरत बरिष्ठ सई बम रावललाई हालका डीआईजी भूपेन्द्र खत्रीले पनि लुम्बिनी प्रदेशकै घुमुवाका रुपमा परिचालन गरेका छन् । बरिष्ठ सई बम प्रहरीमा भर्ना भएर तालिम लिएपछि एकाध बर्ष बर्दी लगाएर ड्युटी गरेको र केही बर्ष लेखापाल भएका उनी त्यसपछि लुम्बिनी प्रदेश अन्तर्गत नै सधैं सादा पोशाकमा घुमुवाका रुपमा कार्यरत रहँदैआएका छन् ।
लुम्बिनी प्रदेशमा रविन्द्रबहादुर धानुक, मुकुन्दराज आचार्य, कुवेर कडायत लगायतका डीआईजीको पालामा पनि प्रदेशको घुमुवा भई इन्चार्जलाई खुसी पार्दैआएका रावललाई खत्रीले पनि परिचालन गरेका छन् । उठाउने, लिने र बुझाउने मामिलामा दख्खल भएकाले डीआईजी खत्रीले पनि उनैलाई घुमुवाका रुपमा खटाएका छन् ।
लुम्बिनी प्रदेश अन्तर्गत रुपन्देही, कपिलवस्तु, बाँके जिल्लाका तस्करहरु र क्यासिनोसँग रावलले दररेट राखेरै असुली गर्दैआएका छन् । क्यासिनो र तस्करीको संजालका जानकार र अनुभवी भएकाले डीआईजी खत्रीले पनि बमलाई घुमुवाका रुपमा राखेका छन् ।
विवादित र बदनाम भएकाले रावललाई बसन्तबहादुर कुँवर आईजीपी हुँदा कारबाहीस्वरुप कालीकोटमा काजसरुवा गरेका थिए । कुँवरको अवकाशलगत्तै दीपक थापा आईजीपी भएपछि उनलाई नेपालगंज तालिम केन्द्रमा काजमा ल्याएका थिए । हालका आईजीपी कार्कीले रावलका बारेमा जानकार भएकाले चासो नै दिएनन् । भूपेन्द्र खत्री लुम्बिनीको डीआईजी भएपछि रावललाई प्रदेशको घुमुवा कमाण्डर बनाएका छन् ।
भैरहवाका प्रत्येक क्यासिनोले जिल्ला प्रहरी कार्यालय रूपन्देहीलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई दररेट बुझाउने गरेको स्रोत बताउँछ । स्रोतका अनुसार जिल्लाको २ र प्रदेशको १ लाखको दररेट तोकिएको छ ।
भैरहवामा होटल निर्वाणामा सञ्चालित क्यासिनो गोल्डेन स्टार, होटल लाकौलमा सञ्चालित ह्याप्पी आवर प्रालिको ह्याप्पी आवर ग्यामिङ क्लब (क्यासिनो) र नान्स होटलमा सञ्चालित सिद्धार्थ ग्यामिङ जोनद्वारा सञ्चालित क्यासिनो प्याराडाइज छन् । भैरहवाको मौर्य होटलमा रहेको अपूर्व ग्यामिङ जोन प्रालिद्वारा सञ्चालित ग्याबलिङ ग्यालेक्सी, एशियन बुद्ध होटलमा सञ्चालित एलिगेन्ट इन्टरटेनमेन्ट प्रालि र भैरहवा गार्डेन रिसोर्टमा सञ्चालित क्यासिनो छन् ।
माथिका मिनी क्यासिनोहरु हुन् भने रुपन्देहीमा टाइगर प्यालेस बाइ सोल्टीमा ठूलो क्यासिनो सञ्चालनमा छ । मिनी क्यासिनो मापदण्ड अनुसार नचलेको र प्रहरीसँग सेटिङ मिलाएर नेपालीलाई जुवा खेलाउने गरेका छन् । भैरहवामा सञ्चालनमा रहेका क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराउने गरेका समाचारहरु बारम्बार सार्वजनिक हुँदैआएका छन् ।
यसअघि नियमविपरीतसञ्चालन गरेको र सञ्चालकले अकूत सम्पत्ति आर्जन गरेको विषयबारेमा रुपन्देहीमा सञ्चालित ६ वटा मिनी क्यासिनोमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट अनुसन्धानसमेत सुरु भएको थियो ।
नेपालगंजका क्यासिनोबाट पनि असुली
नेपालगंजमा ८ वटा क्यासिनो संचालित छन् । होटल सोल्टीमा महाजोङ, सिद्धार्थ भ्यूमा ज्याकपट, स्टारलाइटमा लक्की स्टार, स्नेहमा ब्लिज, कल्पवृक्षमा एसएन ब्लु, ड्रिमल्यान्डमा ह्याप्पी आवर र सिटी प्यालेसमा सिटी गेमिङ सञ्चालनमा छन् ।
नेपालगंजका क्यासिनोमा जिल्ला प्रहरी कार्यालय बाँकेका घुमुवाको सेटिङ नमिल्दासम्म नेपालीलाई प्रवेश निषेध जस्तै गरियो । तर जीसी सरुवा भएको असोज महिनादेखिकै दररेट बढाएर दिन तयार भएपछि अहिले बाँकेका क्यासिनोमा निर्धक्क नेपालीलाई समेत प्रवेश खुल्ला गरिएको छ ।
नेपालगंजका प्रत्येक क्यासिनोले विगतमा १ लाख जिल्लामा दिंदैआएकोमा २ लाख दिनुपर्ने माग भएपछि त्यही अनुसार दिएर सेटिङ मिलाएको स्रोत बताउँछ । नेपालगंजका क्यासिनोबाट प्रदेशका घुमुवाले अलग्गै दररेट उठाउने गरेका छन् । नेपालगंजमा संचालित क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराउने र खेल्न जाने व्यक्तिहरूको विवरण इन्ट्री नगर्ने गतिविधि भइरहेको पाइएको छ ।
क्यासिनो नियमावली २०८२ पालना नगरी मनपरी क्यासिनो संचालन गर्दैआएकाले प्रहरीलाई मासिक दररेट बुझाएर संचालन गर्दैआएका छन् । केही क्यासिनोमा नेपाली नागरिकले भारतीय आधारकार्डको झुटो प्रमाणपत्र देखाएर प्रवेश गर्ने गरेको पाइएको छ ।
घुमुवासँग सेटिङ मिलेपछि मुस्ताङबाट तस्करी भएको इलेक्ट्रिक सिगरेट(भेप) समेत नेपालगंज नाका हुँदै भारततर्फ पार हुने गरेको स्रोत बताउँछ ।
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
काठमाडौँ । मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मलेसिया जाने कामदारको बायोमेट्रिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend