Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रचण्ड प्रमुख अतिथि भएको जनयुद्ध दिवसमा डीआईजी कार्कीदेखि सीडीओसम्मको लर्को


    बिहिबार, फाल्गुन १ २०८१
    2K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्धलाई हिंसाको संज्ञा दिंदैआएका छन् । जनयुद्ध दिवसमा बिदा दिने निर्णयको सत्ता साझेदार भएको समयमा पनि उनले बिरोध गरेका थिए । जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय सर्वोच्च अदालतले खारेज गरेको थियो ।

    माओवादी केन्द्रले जितेका स्थानीय तहले भने जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेका थिए । गुल्मीमा माओवादी केन्द्रले जितेका दुई पालिकाले जनयुद्ध दिवसका दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रमुख अतिथि बनाएर कार्यक्रम नै गरेका छन् ।

    गुल्मीको मालिका र धुर्कोट गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा प्रचण्डले सम्बोधन गरेका थिए । पूर्वप्रधानमन्त्री प्रचण्ड गएका गुल्मीका कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका डीआईजी दानबहादुर कार्कीसमेत सहभागी थिए । प्रचण्डको चाकडीका लागि उनी तुल्सीपुरबाट गुल्मीको  अर्खावाङ पुगेको चर्चा हुने गरेको छ ।

    डीआईजी कार्की गएपछि गुल्मीका एसपी राजन भूजेल जानु स्वभाविक नै हो । एसपी भूजेल बिदामा भएकाले डीएसपी चिरन्जीवी दाहाल कार्यक्रममा गएका थिए ।  प्रमुख जिल्ला अधिकारी जनार्दन घिमिरे पनि धुर्कोट र मालिक दुवै कार्यक्रममा पुगेका थिए । बहालवाला मन्त्री गएको कार्यक्रम भए डीएसपी र प्रजिअ जानु स्वभाविक नै हो । तर पूर्वप्रधानमन्त्री जाने पार्टीको सामान्य कार्यक्रममा एसपी र प्रजिअको उपस्थिति नै अनिवार्य छैन भने डीआईजी जानुपर्ने होइन । तर कार्की बुधबार दिनभर गुल्मीमा प्रचण्डसँगै कार्यक्रममा सहभागी भएका छन् । पूर्वप्रधानमन्त्रीलाई प्रधानमन्त्री सरह सम्मान दिएर उनी कार्यक्रममा सहभागी भएका थिए ।

    यो सरकारको आयुको बारेमा प्रश्न उठिरहेको र अर्को सरकारमा प्रचण्ड प्रधानमन्त्री नै हुने, नभए माओवादी केन्द्र सरकारको मुख्य घटक हुने आँकलन गर्दै डीआईजी कार्की आजका कार्यक्रममा सहभागी हुन पुगेको अर्थ लगाइएको छ ।

    आगामी चैतमा प्रहरीमा एआइजी बढुवा हुँदैछ । त्यो बढुवामा पर्नका लागि उनी नेता खुसी पार्न तल्लीन छन् । यसअघि प्रचण्ड प्रधानमन्त्री र रवि लामिछाने गृहमन्त्री हुँदा उनी पहिलो वरियतामा डीआईजी बढुवा भएका थिए । रवि लामिछानेका विश्वासपात्र भएकैले उनी पहिलो वरियतामा डीआईजी बढुवा भएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार