काठमाडौं – भावी आईजीपीको दाबी गर्दैआएका लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी दानबहादुर कार्कीले बदनाम प्रहरीलाई सादा पोशाकमा घुमुवाका रुपमा खटाएका छन् ।
कार्की कपिलवस्तुको एसपी हुँदा नै घुमुवाका रुपमा खटिएका र भन्सारछली तस्करी गर्नेहरुसँग बाक्लो उठबस भएका असई श्यामकुमार चौधरीको टोलीलाई डीआईजी कार्कीले लुम्बिनी प्रदेशका ५ वटै जिल्लाको सादा पोशाकमा घुमुवाका रुपमा खटाएका छन् । दर्जाले असई भए पनि चौधरी कपिलवस्तुका ५ भन्दा बढी एसपीका घुमुवाका रुपमा अतिरिक्त आम्दानीका लागि परिचालित भएका जुनियर अधिकृत हुन् ।
कपिलवस्तुका एसपीहरु प्रेम बस्नेतदेखि नवरत्न पौडेलसम्मका घुमुवा असई चौधरीको बारेमा धेरै गुनासो आएपछि तत्कालीन डीआईजी कुवेर कडायतले उनको दरबन्दी रहेको प्रदेश प्रहरी कार्यालय तुलसीपुरमा फिर्ता गरेका थिए । तर आफूलाई ‘स्वच्छ छवि’को देखाउन खोज्ने र भित्रभित्रै कम्बल ओढेर खाने कलामा निपूण भनेर चिनिएका डीआईजी कार्कीले पदबहाली गरेको १ महिनामै तिनै बदनाम चौधरीलाई नवलपरासी, रुपन्देही, कपिलवस्तु, बाँके र बर्दिया जिल्लामा घुमुवाका रुपमा अतिरिक्त आम्दानीका लागि खटाएका छन् ।
इलाका प्रहरी कार्यालय बुटवलको डीएसपी हुँदादेखिका कार्कीका घुमुवा बसेका सई सन्तोष रायमाझीले प्रदेशका पाँचै जिल्लामा घुमुवाको समन्वय गर्ने जिम्मा पाएका छन् । उनै रायमाझीले असुलीका लागि असई चौधरीको नेतृत्वमा प्रदेशको घुमुवा टीम खटाएको स्रोत बताउँछ । एक बर्ष पनि जागिर अवधि नभएका रायमाझी डीआईजी कार्कीका विश्वासपात्र हुन् ।
रायमाझीकै योजनामा चौधरीको टोलीले नवलपरासी र रुपन्देहीमा तस्करहरुलाई सेटिङमा ल्याइसकेको छ । चौधरीले करिब तीन साताअघि नवलपरासीको भुजहवास्थित गोदाममा छापा मारी २० बोरा चिनी बरामद गरेका थिए । डीआईजी कार्यालयबाट खटिएका घुमुवाले चिनी बरामद गरेको हल्ला चलेपछि नवलपरासीका नाकाबाट लसुन, मकै र कवाडीको कारोबार गर्नेहरु असई चौधरीको सम्पर्कमा आएर लाइन मिलाइसकेको स्रोत बताउँछ ।
असई चौधरी प्रहरी जवानमा भर्ना भएदेखि नै नवलपरासी, कपिलवस्तु, रुपन्देहीमा कार्यालय प्रमुखको घुमुवाका रुपमा सादा पोशाकमा परिचालित छन् । हालका डीआईजी कार्की कपिलवस्तुमा हुँदा पनि चौधरी घुमुवाका रुपमा अतिरिक्त आम्दानी गर्न खटाइएका थिए ।
नेपालबाट मकै, लसुन र कवाडीको तस्करी
नवलपरासी, रुपन्देही र कपिवलस्तुसहित लुम्बिनी प्रदेशका बर्दिया र बाँकेका नाकाबाट लसुन, ब्राजिलियन मकै र कवाडीको तस्करी हुँदैआएको छ । तेस्रो मुलुकबाट मकै नेपाल ल्याएर भारतमा तस्करी गर्ने समूहले बिगतमा सुपारी, केराउ र मरिचको कारोबार गथ्र्यो । ब्राजिलियन मकैको भारतमा ठूलो माग छ । मकै ब्राजिल र अफ्रिकन मुलुकबाट नेपाल ल्याएर भारतमा लैजाने गरिएको छ ।
नेपालबाट अमेरिकी डलरमा एलसी खोलेर मकै ल्याउने गरिन्छ । डलरमा खरिद गरेको मकै भारत तस्करी हुँदैआएको छ । डलरमा खरिद भएको मकैको भुक्तानी गैरकानुनी रुपमा हुन्डीमार्फत् नेपालमा आउने गर्दछ । तस्करीको मकैको भुक्तानी अबैध हुन्डीमार्फत् ल्याएर ब्यक्ति धनी हुने तर राज्यको अर्थतन्त्र खोक्रो पार्ने कार्य हुँदैआएको छ ।
नवलपरासी, रुपन्देही र कपिलवस्तुबाट ठूलो परिमाणमा भारतमा कवाडी लैजाने सन्तोष गुप्तासँग सई सन्तोष रायमाझीले सेटिङ गरिसकेको स्रोत बताउँछ । स्रोतका अनुसार गुप्ताले प्रहरी, सशस्त्र र सीडीओलाई गरी मासिक ५० लाख घुस बुझाएर निर्धक्क कवाडी र लसुन भारतमा तस्करी गर्ने गरेको स्रोत बताउँछ । केही बर्षअघि नेपालबाट कवाडी लिएर गएको गाडी लखनउमा भारतीय प्रहरीले चेकजाँच गर्दा लागूऔषध भेटिएको थियो ।
डीआईजीकै घुमुवाका रुपमा असई श्याम चौधरी खटिएपछि गुप्तासहितले उनलाई मिलाएर तीनवटै जिल्लाबाट मकै, लसुन, कवाडीका तस्करहरु उनको सम्पर्कमा पुगेर सुरक्षित कारोबार गर्नेतिर लागिसकेका छन् ।
रुपन्देहीका ब्यापारीसँग पनि सेटिङ
असई चौधरीको टोलीले रुपन्देहीको धकधई क्षेत्रमा २०८१ माघ १७ गते ९ बोरा चिनी बरामद गरेको थियो । डीआईजीको टोलीले बरामद भनेपछि सबै ब्यापारी घुमुवा चौधरीको कनेक्सनमा पुग्न बाध्य भएका छन् । चिनी बरामद गरेर मिसकल दिनासाथ धकधईबाट कारोबार गर्नेहरु सबै चौधरीकोमा पुगेर मासिक बुझाउने कबुलियतनामा गरिसकेको स्रोत बताउँछ । बेलहियापछिको सबैभन्दा बढी आकर्षक इलाका हो धकधई ।
रोकिएको गोरु तस्करी सुचारु
भारत हुँदै कपिलवस्तुबाट रुपन्देही, नवलपरासीबाट पूर्वतिर हुने गोरु तस्करी केही समय रोकिए पनि फेरि सुरु भएको छ । प्रदेशबाट खटिएका घुमुवा चौधरीले मासिक दररेट बुझाएर गोरु तस्करी सुचारु गरेका छन् । गोरुतस्करले मासिक ५ लाख बुझाउनेगरी डिल गरेको स्रोत बताउँछ । ३ महिनाको एकैपटक बुझाएपछि गोरु तस्करी सुरु भइसकेको छ ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend