सरेश नेपाल, आङदोर्जे शेर्पा र होमनारायण श्रेष्ठ
काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा मोहनबहादुर बस्नेतले नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यमा टिकट नपाएपछि एमालेबाट सरेश नेपाल अगाडि सरेका छन् ।
सुरुमा टिकट लिन रुची नदेखाएका उनी बस्नेतले टिकट नपाएपछि एकाएक उम्मेदवार हुन पुगेका छन् । सरेशले रुची देखाएपछि सिन्धुपाल्चोक एमालेले तीन पटक उम्मेदवार परिवर्तन गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स खरिदमा बिशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेकाले बस्नेतलाई कांग्रेसले टिकट दिएन । बिशेष महाधिवेशनले भ्रष्टाचार आरोपमा निलम्बनमा परेका नेतालाई टिकट नदिने निर्णय गरेकाले बस्नेत रिङआउट भए ।
बस्नेत रिङआउट भएपछि एमालेका उम्मेदवार जिल्ला अध्यक्षसमेत रहेका होमनारायण श्रेष्ठले पाएको टिकट उनीबाट फिर्ता गराई नेपालले लिए । सुरुमा एमालेले आङदोर्जे शेर्पालाई सिन्धुपाल्चोक १ मा टिकट दिएको थियो । शेर्पाबाट जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठले टिकट खोसे ।
श्रेष्ठलाई टिकट खोस्न लगाएर सरेश नेपालले मंगलबार चौतारामा उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनका लागि एमाले पार्टी कार्यालयमा नेता कार्यकर्ता जम्मा भइसकेपछि टिकट खोसिएका आङदोर्जे शेर्पाले सरेश नेपाललाई ‘सिद्धार्थ कटेजमा मोहन बस्नेतसँग भेटेर उम्मेदवार भएको’ आरोप लगाएका थिए । विवाद बढ्दैजाँदा शेर्पाले नेपाललाई दाँत झारिदिन्छु समेत भनेको भिडियो सामाजिक संजालमा भाइरल छ ।

शेर्पाले सुरुमा जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठलाई नै खोेजेका थिए । तर उनी शेर्पाको रामधुलाईबाट जोगिन जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा प्रमुख जिल्ला अधिकारीकोमा पुगिसकेका थिए । प्रजिअ कार्यालयमा शरण लिएका श्रेष्ठ उम्मेदवारी मनोनयनमा देखिएनन् । र्यालीमा समेत उनी देखापर्न सकेनन् ।
मोहन बस्नेतले टिकट नपाउने भएपछि उनीसँग सिद्धार्थ कटेजमा भेटेको र त्यसपछि आफूले सिधै टिकट नखोसी सुरुमा होमनारायणलाई लिन लगाई नेपालले लिएको शेर्पा पक्षको बुझाइ रहेकोक छ ।
मोहन बस्नेतले टिकट नपाएपछि सरेश उनको सहयोग पाउने कुरामा आशावादी भएर एमालेको टिकट लिएका छन् । तर सिन्धुपाल्चोकमा २०५६ देखि २०७० सम्म कुनै पनि चुनावमा एमालेका उम्मेदवार जिताउनेभन्दा पनि हराउने भूमिका खेलेको आरोप सरेश नेपालमाथि लाग्ने गरेको छ । २०७० को संबिधानसभा चुनावमा एमालेका क्षेत्र नम्बर १ का उम्मेदवार अरुण नेपाललाई अन्तर्घात गरी ३२ मतले हराएर मोहन बस्नेतलाई जिताएको आरोप सरेश नेपालको समूहमाथि लागेको थियो ।
डम्बर अर्यालको संयोजकत्वमा गठित छाानबिन समितिद्वारा जिल्ला कमिटीलाई बुझाएको प्रतिवेदनमा नेपालसहित जिल्ला पार्टी पूर्वअध्यक्ष हस्त पण्डित, २ नं क्षेत्रीय अध्यक्ष होमनारायण श्रेष्ठ र वाग्मती अञ्चल सदस्य सोम सापकोटाले अन्तर्घात गरी एमालेका उम्मेदवार हराएको आरोप लागेको थियो । नेपालले त भिजन नभएको नेतालाई के मत दिनु्, म त मावलतिर लागेँ भन्ने स्टाटस फेसबुकमा लेखेका थिए ।
२०७० को संविधानसभा चुनावदेखि नै एमाले हराउने भूमिका खेलेकाले जिल्लामा पार्टी गुट उपगुट र बिभाजित अवस्थामा छ । समानान्तर कमिटी गठन भएकाले संगठन कमजोर भइसकेको छ । बाह्रबीसे नगरपालिकामा एमालेका दुईवटा कमिटी छन् ।
बाह्रबीसे नगरपालिकाका पूर्वमेयर निमफुन्जो शेर्पाहरुले माधवप्रसाद नेपाल अध्यक्ष रहेको नगर समिति बनाएका छन् । जिल्ला अध्यक्ष होमनारायण र सरेश नेपालहरुले बमबहादुर तामाङ छन् ।
जिल्लाको नेतृत्वले नै पालिकापिच्छे गुटबन्दी गर्दै समानान्तर कमिटी बनाएकाले एमाले सिन्धुपाल्चोकमा मेलमिलाप नहुँदा सरेशलाई निर्वाचनमा निकै चुनौती छ ।
जिल्ला पार्टी कार्यालयमा सरेश नेपाल र आङदोर्जे शेर्पाबीच भएको विवाद
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तिय स्वायत्तता प्रदान गर्न ऐन...
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा ल्याउन तयारी भइरहेको छ । सडकको ग्रेड मिलाउने काम भइरहेकाले केहीबेरमा खाली ग्यास बुलेट...
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकारले पनि जनतामा आशा जगाउने काम गर्न नसकेको बताएका छन्। पार्टीको काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन...
काठमाडौं । भदौ १० गते आएको विनाशकारी बाढीबाट विस्थापित भएकाहरूलाई सरकारले सहायता रकम उपलब्ध गराउने भएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढी...
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् । आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend