काठमाडौै । उम्मेदवारी मनोनयनका दिन मंगलबार बिहान एमालेका ३ क्षेत्रका उम्मेदवार परिवर्तन भएका छन् । पाल्पा क्षेत्र नम्बर २ मा नेकपा एमालेले ठाकुर गैरेलाई नै प्रतिनिधि सभा सदस्य निर्वाचनको टिकट दिएको छ ।
एमालेका लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले गैरेको टिकट लिएर पाल्पा गएका छन् । यसअघि एमालेले उपाध्यक्ष बिष्णु पौडेललाई पाल्पा २ मा उम्मेदवार बनाएकोमा पछि रामबहादुर राउतलाई दिएको थियो । तर मंगलबार बिहान गैरेलाई नै दिइएको छ ।
त्यसैगरी, धादिङ २ मा चन्द्र रिजाललाई दिइएको छ । यसअघि धनबहादुर घलेले पाएको टिकट खोसेपछि धादिङ जिल्लाको एमाले कार्यालयमा तालाबन्दी गरिएको छ ।
त्यसैगरी, सिल्धुपाल्चोक १ मा सरेश नेपाललाई एमालेले उम्मेदवार बनाउने भएको छ । सुरुमा आङदोर्जे शेर्पालाई टिकट दिएकोमा निमफुन्जो शेर्पाहरुको चर्को बिरोधपछि होमनारायण श्रेष्ठलाई दिएको थियो । मोहनबहादुर बस्नेतले कांग्रेसबाट टिकट नपाउने भएपछि सरेश नेपाल नै सिन्धु १ मा उम्मेदवार हुने भएका छन् ।
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तिय स्वायत्तता प्रदान गर्न ऐन...
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा ल्याउन तयारी भइरहेको छ । सडकको ग्रेड मिलाउने काम भइरहेकाले केहीबेरमा खाली ग्यास बुलेट...
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकारले पनि जनतामा आशा जगाउने काम गर्न नसकेको बताएका छन्। पार्टीको काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन...
काठमाडौं । भदौ १० गते आएको विनाशकारी बाढीबाट विस्थापित भएकाहरूलाई सरकारले सहायता रकम उपलब्ध गराउने भएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढी...
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् । आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend