काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले पार्टीको ११ औँ महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धाको वातावरण नबनेको बताएका छन् । ईश्वर पोखरेल समूहको समीक्षा छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रतिनिधि छनोटदेखि बन्दसत्र र निर्वाचनसम्म पार्टी संरचनाहरूको दुरुपयोग भएको आरोप लगाए ।
‘लोकतान्त्रिक प्रतिस्पर्धामा सहभागी भयौँ, तर त्यो कति स्वस्थ र मर्यादित भयो भन्ने सबैले देखेकै छन्’ भट्टराईले भने, ‘प्रतिनिधि छनोटदेखि बन्दसत्र सञ्चालनसम्मका क्रियाकलापले पार्टीको आन्तरिक लोकतन्त्रमा गम्भीर प्रश्न उठाएको छ । सङ्गठन विभागलगायतका निकायको दुरुपयोगबाट आन्तरिक लोकतन्त्र अस्वस्थ बनाउने प्रयास भएको छ ।’
उनले यसको समीक्षा आगामी केन्द्रीय कमिटी बैठक (२६, २७ र २८) गते मा हुने बताए । यद्यपि, लोकतान्त्रिक अभ्यासको परिणामलाई स्वीकार गर्ने उनको धारणा छ । ‘केपी शर्मा ओलीलाई अध्यक्षमा निर्वाचित भएकोमा बधाई दिएका छौँ । उहाँका सकारात्मक प्रस्तावलाई समर्थन गर्छौँ,’ भट्टराईले भने, ‘तर पार्टी एकता खण्डित गर्ने, गुटबन्दी गर्ने वा पक्षपातपूर्ण व्यवहार भए प्रतिवाद गर्छौँ ।’
आगामी निर्वाचनजस्ता बाह्य प्रतिस्पर्धामा भने पार्टी एकजुट भएर लाग्ने उनले प्रतिबद्धता जनाए । ‘पार्टीभित्र अराजनीतिक बार्गेनिङ गर्दैनौँ, तर राजनीतिक मुद्दामा निरन्तर सङ्घर्ष गर्छौँ । विभाजन होइन, आत्मसमर्पण पनि होइन, यो नै हाम्रो लाइन हो,’ उनले भने ।
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
काठमाडौँ। प्रमुख प्रतिपक्षी तथा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जेन–जी विद्रोहका क्रममा भएका घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले गरेको सिफारिस तत्काल कार्यान्वयन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend