Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • एमाले महाधिवेशनः मतदान सुरु हुँदै, प्रतिनिधिहरु लाइनमा


    बुधबार, पुष २ २०८२
    750
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा (एमाले)को नयाँ नेतृत्व चयनका लागि मतदान हुन लागेको छ । आज ८ बजेदेखि मतदान सुुरु हुने भनिए पनि अहिलेसम्म सुरु हुनसकेको छैन ।

    मतदानस्थलमा अध्यक्षका उम्मेदवार ईश्वर पोखरेल आइपुुगिसकेका छन् भने केपी ओली आउँदैछन् । ओली आएपछि मात्र मतदान सुरु हुनेछ ।

    एमालेको नेतृत्व चयन विद्युतीय मतदान मेसिनमार्फत गरिँदैछ । निर्वाचन समितिका अनुसार सम्पूर्ण मतदान प्रक्रिया सम्पन्न हुन कम्तीमा ८ घण्टा लाग्ने अनुमान गरिएको छ ।
    यसअघि मंगलबार नै मतदान हुने भनिए पनि प्राविधिक कारण र अत्यधिक जाडो बढेको भन्दै मतदान आज बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको थियो ।

    महाधिवेशनका क्रममा मतदातालाई कुनै असुविधा नहोस् भनेर मतदानस्थलमै खाजा र खानाको व्यवस्था गरिएको एमालेका महासचिव शंकर पोखरेलले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार