काठमाडौैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका पूर्वसांसद तथा गोकर्णेश्वर नगरपालिकाका तत्कालीन मेयर सन्तोष चालिसेका बिरुद्ध आइतबार बिशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
गोकर्णेश्वर नगरपालिकको ५ बर्ष नगरप्रमुख हुँदा चालिसेको आयब्यय सबै हिसाब गर्दा ३ करोड ६८ लाख ४७ हजार ७ सय ६१ रूपैयाँ एकहत्तर पैसाको स्रोत पुष्टि हुन नसकेकाले उनले भ्रष्टाचार गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको जिकिरसहित अख्तियारले उल्लेखित रकम बराबर बिगो कायम गरी मुद्दा दायर गरेको जनाएको छ ।
काठमाडौं क्षेत्र नं. ३ का सांसदसमेत रहेका चालिसेलाई मुद्दा दायर गरेपछि त्यस क्षेत्रबाट चुनाव लड्ने घोषणा गरेका उर्जासहित तीन वटा मन्त्रालयका मन्त्री कुलमान घिसिङलाई थप सहज भएको छ । गोकर्णेश्वर नगरपालिकाको मेयर हुँदा विकासका कामबाट त्यस क्षेत्रमा लोकप्रिय रहेका चालिसेलाई मुद्दा दायर गरेपछि कुलमानलाई चुनावमा थप सहज हुने भएको छ । कुलमानलाई सहज बनाउनका लागि चालिसेबिरुद्ध मुद्दा दायर गरिएको भन्ने चर्चा समेत हुने गरेको छ ।
चालिसे आफूबिरुद्ध मुद्दा दायर नै हुन्छ भन्ने कुरामा विश्वस्त थिएनन् । सामान्य छानबिनका रुपमा उनले बुझेका थिए । चालिसे संसदको अर्थसमितिका सभापति समेत थिए । उनी अर्थ समितिको सभापति हुँदा नयाँ स्टक एक्सचेन्जको अनुमति रोक्नका लागि उजुरी परेको थियो ।
अर्थसमितिले स्टक एक्सचेन्जको लाइसेन्स रोक्न निर्देशन पनि दियो । तर एक बर्षभन्दा बढी समय उजुरीउपर सुनुवाइ नगरी अन्तिममा दीपक भट्टको सेटिङमा नयाँ स्टक एक्सचेन्ज दर्ता गर्नका लागि बाटो खुल्ला गर्ने निर्णय गरेका थिए । जसमा सभापति चालिसे, एमाले र माओवादीका समेत केही टाठाबाठाहरुलाई दीपक भट्टले दररेट नै बुझाएको चर्चा भएको थियो ।
भारत र चीन जस्ता बिशाल अर्थतन्त्र भएका देशमा २–२ वटामात्र स्टक एक्सचेन्ज छन् । तर नेपालजस्तो सानो देशमा एउटै स्टक एक्सचेन्जलाई पर्याप्त बजार नभएको अवस्थामा अर्काे स्टकको अनुमति दिनु नहुने पक्षमा अर्थसमितिमा रास्वपाका डा. स्वर्णिम वाग्लेले नोट अफ डिसेन्ट नै लेखेका थिए ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend