काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक केहीबेरपछि बस्न लागेको छ । अध्यक्ष केपी शर्मा ओलीले बिधान संशोधन गरी पदाधिकारीको संख्या बढाउनका लागि केन्द्रीय कमिटी बैठक बोलाएको बताइएको छ ।
११ औं महाधिवेशनको दोस्रो दिन आज बन्दसत्र १२ बजेदेखि हुने भनिएको थियो । तर अध्यक्ष ओलीले आफ्नो गुटमा भागबण्डा पुर्याउन नसकेपछि पदाधिकारीको संख्या बढाउन केन्द्रीय कमिटी बैठक बोलाएको अनुमान गरिएको छ ।
यसअघि गएको भदौमा भएको बिधान अधिवेशनले एमालेमा पदाधिकारीको संख्या १९ बाट घटाएर १५ मात्र राख्ने निर्णय गरेको थियो । तर बिधान महाधिवेशन भएको तीन महिनामै पुनः पदाधिकारी र केन्द्रीय कमिटीको संख्या बढाउन ओली लागेका थिए ।
शुक्रबारको सचिवालय बैठकमै पदाधिकारी संख्या बढाउने पक्षमा रहेका ओली सो दिन असफल भएका थिए । ओली समूहमा बिष्णु पौडेल, रामबहादुर थापा बादल, शंकर पोखरेल, रघुवीर महासेठ, प्रदीप ज्ञवाली, बिष्णु रिमाल, लेखराज भट्ट, पदमा अर्यालको ब्यवस्थापन गर्नका लागि उनले पदाधिकारी संख्या बढाउन खोजेका छन् ।
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
काठमाडौँ। प्रमुख प्रतिपक्षी तथा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जेन–जी विद्रोहका क्रममा भएका घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले गरेको सिफारिस तत्काल कार्यान्वयन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend