काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि दुव्र्यवहार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अधिकारीमाथि आक्रमण गने तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सर्लाही घर ३४ वर्षीय हेम तामाङ, रामेछाप घर भएका ३० वर्षीय सिर्जन अधिकारी र काभ्रे घर भएका ३७ वर्ष जति कोकिल बहादुर शाही छन् ।
उनीहरू तीन जनाले सोमबार राति साढे ५ बजेतिर ललितपुरको सातदोबाटोस्थित एन्फा कम्लेक्सको गेट अगाडि प्रदीप अधिकारीको गाडी रोकेर हातपातको प्रयास गरेका थिए ।
उनीहरूमाथि अनुसन्धान भइरहेको हरीले बताएको छ ।
उनीहरूले प्रदीप अधिकारीको गाडी अगाडि स्कुटर रोकेको प्रहरीले जनाएको छ । पछि हल्ला भएपछि श्रीजन स्कुटर त्यहीँ छाडेर भागेका थिए ।
उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाउने भएको छ । उनीहरूले बयानमा आफूहरू तीनजनामात्रै संलग्न रहेको बताएका छन् ।
सीसीटीभी फुटेजमा भने अरू व्यक्तिहरू पनि देखिएकाले अरूको पनि खोजी भइरहेको छ ।
जेनजी भन्दै उनीहरुले अधिकारीमाथि आक्रमण गरेका थिए । अधिकारीमाथि यसअघि जेनजीको सहसंयोजक बताउने र सुदन गुरुङसँगै प्रायः वार्तामा बस्दैआएका अर्जुनबहादुर शाहीले प्राधिकरणमै गएर अनधिकृत रुपमा धाकधम्की दिने, राजीनामा दिन दबाब दिने काम गरेका थिए । तर शाही बैकिङ कसुरदेखि बैदेशिक रोजगार ठगी लगायत १० वटा फौजदारी कसुरमा फरार अभियुक्त भएको छताछुल्ल भएपछि उनलाई प्रहरीले पक्राउ गरिसेकेको छ ।
शाहीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रहरी सहायक निरीक्षक अ(सई)को परिचयपत्र समेत बोकेको भेटिएको थियो । सोमबार अधिकारीमाथि आक्रमण गर्नेहरु अर्जुन शाहीबाटै परिचालित समूह भएको आशंका पनि गरिएको छ ।
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
सिरहा । सशस्त्र प्रहरी बल, नेपाल नं.७ गण हेडक्वार्टर सिरहाले एसपी सुमनजंग थापाको नेतृत्वमा जिल्लाका विभिन्न सीमा क्षेत्रमा निगरानी तथा गस्तीलाई कडाइ गर्दै १५...
काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका-९ भाबरबाट १६२ किलो ७९४ ग्राम अवैध लागुऔषध गाँजासहित दुई जना चालकलाई पक्राउ गरिएको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend