काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि दुव्र्यवहार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अधिकारीमाथि आक्रमण गने तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सर्लाही घर ३४ वर्षीय हेम तामाङ, रामेछाप घर भएका ३० वर्षीय सिर्जन अधिकारी र काभ्रे घर भएका ३७ वर्ष जति कोकिल बहादुर शाही छन् ।
उनीहरू तीन जनाले सोमबार राति साढे ५ बजेतिर ललितपुरको सातदोबाटोस्थित एन्फा कम्लेक्सको गेट अगाडि प्रदीप अधिकारीको गाडी रोकेर हातपातको प्रयास गरेका थिए ।
उनीहरूमाथि अनुसन्धान भइरहेको हरीले बताएको छ ।
उनीहरूले प्रदीप अधिकारीको गाडी अगाडि स्कुटर रोकेको प्रहरीले जनाएको छ । पछि हल्ला भएपछि श्रीजन स्कुटर त्यहीँ छाडेर भागेका थिए ।
उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाउने भएको छ । उनीहरूले बयानमा आफूहरू तीनजनामात्रै संलग्न रहेको बताएका छन् ।
सीसीटीभी फुटेजमा भने अरू व्यक्तिहरू पनि देखिएकाले अरूको पनि खोजी भइरहेको छ ।
जेनजी भन्दै उनीहरुले अधिकारीमाथि आक्रमण गरेका थिए । अधिकारीमाथि यसअघि जेनजीको सहसंयोजक बताउने र सुदन गुरुङसँगै प्रायः वार्तामा बस्दैआएका अर्जुनबहादुर शाहीले प्राधिकरणमै गएर अनधिकृत रुपमा धाकधम्की दिने, राजीनामा दिन दबाब दिने काम गरेका थिए । तर शाही बैकिङ कसुरदेखि बैदेशिक रोजगार ठगी लगायत १० वटा फौजदारी कसुरमा फरार अभियुक्त भएको छताछुल्ल भएपछि उनलाई प्रहरीले पक्राउ गरिसेकेको छ ।
शाहीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रहरी सहायक निरीक्षक अ(सई)को परिचयपत्र समेत बोकेको भेटिएको थियो । सोमबार अधिकारीमाथि आक्रमण गर्नेहरु अर्जुन शाहीबाटै परिचालित समूह भएको आशंका पनि गरिएको छ ।
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
काठमाडौँ । मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मलेसिया जाने कामदारको बायोमेट्रिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend