Nepal Face
  • आइतबार, १० साउन २०८३
  • खोटाङ हेलिकप्टर दुर्घटनाका घाइते र पाइलटको अस्पतालमा उपचार भइरहेको छ : नागरिक उड्डयन प्राधिकरण


    बुधबार, चैत्र ४ २०८२
    555
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर डाइनेष्टीको 9N-AFQ हेलिकप्टर दुर्घटनाका बारेमा यथार्थ बिबरण सार्वजनिक गरेको छ ।

    प्राधिकरणले जारी गरेको बिज्ञप्तिका अनुसार उक्त हेलिकोप्टर स्थानीय समय अनुसार बुधबार बिहान ११.९ मा काठमाडौं विमानस्थलबाट खोटाङ जिल्लाको वालवेशी लागि ५ जना यात्रु र १ पाइलटसहित ६ जना उडान लिएर गएको थियो । सो हेलिकप्टर अवतरणको क्रममा असन्तुलन भई जमीनमा पल्टिएको हो ।

    उक्त घटनामा १ जना यात्रुमात्र घाइते भएका छन् । घाइते तथा पाइलट १ जनालाई हेलकिप्टरबाट उद्दार गरी काठमाडौको ह्याम्स अस्पतालमा १२.४२ वजे उपचारका लागि ल्याइएको छ ।

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार