काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा परामर्श सेवा खरिदमा ४६ करोड १५ लाख ८४ हजार ४ सय ३४ रुपैयाँ अनियमितता गर्ने नागरिक उड्डयन प्राधिकरणका तीन पूर्व महानिर्देशक र पर्यटन मन्त्रालयका पूर्वसचिवसमेत २१ जना बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार बिशेष अदालतमा मुद्दा दायर गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव केदारबहादुर अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशकत्रय संजीव गौतम, राजन पोखरेल, प्रदीप अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन उपमहानिर्देशक महेन्द्रसिंह रावलका बिरुद्ध ४६ करोड १५ लाख ८४ हजार ४ सय ३४ रुपैयाँ बिगो मागदाबी गरी बिशेष अदालतमा मुद्दा दर्ता गरेको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
ठेकेदार कम्पनी चाइना सीएमसी इन्जीनीयरिङ कम्पनी लिमिटेड र परामर्शदाता ERMC/A-not/Slate JV pk/ उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्याई भ्रष्टाचार गरेको आरोपसहित मुद्दा दायर गरेको छ ।
उनीहरुले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा परामर्श सेवा खरिदमा बदनियत राखी आपसी मिलेमतोमा सम्झौताको सर्त र प्रचलित कानुनविपरीत भुक्तानी लिई दिई सार्वजनिक सम्पत्ति हिनामिना, हानिनोक्सानी र दुरुपयोग गरी भ्रष्टाचार गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।
अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा बिगो रु. ४६ करोड १५ लाख ८४ हजार ४ सय ३४ रुपैयाँ कायम गरी कैद र बिगोबमोजिमको जरिवाना गरी बिगो असुलउपर हुन साथै प्रतिवादीहरु केदारबहादुर अधिकारी, संजीव गौतम, राजन पोखरेललाई सोही ऐनको दफा २४ बमोजिम थप संजाय हुन मागदाबी लिएको छ ।
परामर्शदाता कम्पनी र तिनका संचालकबिरुद्ध पनि मुद्दा दायर भएको छ । नेपालको परामर्शदाता कम्पनी इआरएमसी र त्यसका संचालकद्वय उद्धवराज चौलागाई र हेमनिधि शर्माका बिरुद्ध पनि अख्तियारले आरोपपत्र दायर गरेको जनाएको छ ।
यस्तो छ अख्तियारको आरोपपत्र :
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend