Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • प्रधानमन्त्री कार्की र भारतीय समकक्षी मोदीबीच आज वार्ता हुँदै


    बिहिबार, असोज २ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज टेलिफोन वार्ता हुँदैछ ।

    उनीहरुबीच आज टेलिफोन वार्ता हुन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । कार्की र मोदीबीच फागुनमा हुने निर्वाचनका लागि आवश्यक सहायता र पुनर्निर्माणमा सहयोगलगायत विषयमा कुराकानी हुने बताइएको छ ।

    नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेटवार्ता गरेका थिए । सोही समयमा दुबै देशका सरकार प्रमुखबीच टेलिफोन वार्ता गर्ने सहमति बनेको थियो ।

    परराष्ट्र मन्त्रालयका अनुसार भेटमा राजदूत श्रीवास्तवले नेपालको प्रधानमन्त्री नियुक्त भएकोमा कार्कीलाई भारतका प्रधानमन्त्री मोदीले पठाएको बधाई सन्देश सुनाएका थिए । भेटमा उनले दुई छिमेकी देशहरूबीचको मित्रता र सहयोगको घनिष्ठ सम्बन्धलाई अझ सुदृढ पार्न सँगै काम गर्ने भारतको प्रतिबद्धता व्यक्त गरेका थिए ।

    भारतीय प्रधानमन्त्री मोदीले कार्की प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै सामाजिक सञ्जालमार्फत र मणिपुरमा एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बधाई तथा शुभकामना दिएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार