Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाउने सहमति, आजै राति ९ बजे शपथ


    शुक्रबार, भाद्र २७ २०८२
    1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । मुलुकमा उत्पन्न पछिल्लो असामान्य राजनीतिक परिस्थितिपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गर्ने सहमति जुटेको छ ।

    प्रतिनिधिसभा बिघटन गर्ने र त्यसपछि कार्कीलाई प्रधानमन्त्री बनाउनेगरी सहमति भएको छ । प्रतिनिधिसभा बिघटन गर्नुपर्ने सर्त जेनजीका तर्फबाट वार्तामा खटिएका ओमप्रकाश अर्याल र सुदन गुरुङले राखेका थिए । जेनजीको माग अनुसार प्रतिनिधिसभा बिघटन गर्ने सहमति जुटेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई आज राति ९ बजे शपथ खुवाउँदैछन् ।

    राष्ट्रपति कार्यालयका प्रेस विज्ञ किरण पोखरेलका अनुसार, कार्कीको नेतृत्वमा बन्ने अन्तरिम सरकारले मुलुकलाई नयाँ चुनावतर्फ लैजाने जिम्मेवारी पाउनेछ ।

    यसअघि, नयाँ सरकार गठनका लागि कार्कीसहित जेनजी आन्दोलनका अगुवा सुदन गुरुङ र अधिवक्ता ओमप्रकाश अर्यालशीतलनिवास पुगेका थिए । लामो छलफलपछि अन्तरिम सरकार प्रमुखका रुपमा कार्कीको नाममा सहमति जुटाइएको हो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनको दबाबपछि मंगलबार राजीनामा दिएका थिए । असामान्य परिस्थितिलाई ध्यानमा राख्दै राष्ट्रपति पौडेलले सोही दिन ओलीको राजीनामा स्वीकृत गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार