Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • दीपक मनाङ्गे दोषी ठहर भएपछि रिक्त मनाङ (२) मा उपनिर्वाचनका लागि दल दर्ता आह्वान


    मंगलबार, भाद्र १७ २०८२
    815
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । निर्वाचन आयोगले गण्डकी प्रदेशअन्तर्गत मनाङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नं. १ अन्तर्गत प्रदेश सभा क्षेत्र नं. २ मा उपनिर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ ।

    आयोगका अनुसार उपनिर्वाचन आगामी कात्तिक १७ गते हुनेछ । यसमा भाग लिन इच्छुक राजनीतिक दलहरूले आयोगमा दर्ता कायम गराई निवेदन दिनुपर्नेछ ।

    संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दर्ता प्रक्रिया सञ्चालन हुने आयोगले जनाएको छ।

    यसअन्तर्गत दलहरूले आगामी भदौ १९ गतेदेखि २५ गतेसम्म कार्यालय समयभित्र निवेदन दिनुपर्ने आयोगको मंगलबार जारी सूचनामा उल्लेख छ ।

    निवेदन राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिम तयार गर्नुपर्ने पनि आयोगले स्पष्ट पारेको छ ।

    उक्त प्रदेशसभा सिटमा निर्वाचित दीपक मनाङ्गे ज्यानमुद्दामा दोषी ठहर भएपछि पद रिक्त भई उपनिर्वाचन हुन लागेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार