Nepal Face
  • आइतबार, १६ कार्तिक २०८३
  • दाङका ८ भूमिहीन परिवारले पाए लालूर्जा


    शनिबार, कार्तिक १५ २०८३
    150
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति दाङले ८ भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरेको छ । समितिका अनुसार साविकको गोवरडिया गाविस वडा नं ६ ख (हाल गढवा ३) का ५ जना, साविक सोनपुर ५क (हाल लमही नगरपालिका ३) का २ जना र साविक लालमाटिया ३त (हाल राप्ती गाउँपालिका वडा नं १) का १ जना भूमिहीन दलित परिवारलाई जग्गाधनी पूर्जा बितरण गरेको हो ।

    लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पूर्जा प्राप्त गरेसँगै उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन् ।

    सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राखेको छ ।

    भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने सरकारको लक्ष्यअनुसार लालपुर्जा वितरणलाई थप प्रभावकारी रूपमा अघि बढाइएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार