काठमाडौं । फागुन २१ गते बिहीबार देशका १६५ निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्यका लागि निर्वाचन हुँदैछ । मतदान गर्न जाँदा मतदाताले मतदाताहरूले आफ्नो परिचय खुल्ने ६ प्रकारका परिचय पत्रले मतदान गर्न पाइने निर्वाचन आयोगले स्पष्ट गरेको छ ।
आयोगले मतदाता परिचयपत्र बाहेक अन्य परिचय खुल्ने कागजले पनि मतदान गर्न पाइने स्पष्ट पारेको छ । आयोगका अनुसार मतदाता परिचयपत्रबाहेक नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारीचालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्रले पनि मतदान गर्न पाइने व्यवस्था गरेको छ ।
मतदान केन्द्रमा महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ भने आयोगले देशका सबै मतदान केन्द्रमा शारीरिक रूपमा अशक्त भएका, वृद्धवृद्धाहरू, गर्भवती महिला, सुत्केरी महिला र शारिरीक रूपमा आफैले आफ्नो मतदान गर्न नसक्ने व्यक्तिहरूको लागी विशेष व्यवस्था गरेको छ ।
शारीरिक रूपमा अशक्त व्यक्ति, ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिला र आफैले मतदान गर्न कठिनाइ हुने व्यक्तिहरूले मतदान अधिकृत, सहायक मतदान अधिकृत वा खटिएका कर्मचारी तथा स्वयंसेवकबाट आवश्यक सहयोग लिन सक्ने आयोगले जानकारी दिएको छ ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend