Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • ४० हजार घुससहित मालपोतका कर्मचारी पक्राउ


    शनिबार, जेष्ठ ३० २०८३
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौ । भूमि प्रशासन कार्यालय, मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज कण्डेल ४० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले शनिबार उनलाई नियन्त्रणमा लिएको हो । जग्गा रोक्का गर्ने काममा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस माग गरेको सूचनाका आधारमा अख्तियारको टोली मनाङ पुगेको थियो ।

    घुसबापत सेवाग्राहीबाट रू. ४० हजार रुपैयाँ लिइसकेको अवस्थामा उक्त रकम र श्रोत नखुलेको रकम रु. २१ हजार ७० रुपैयाँसहित नियन्त्रणमा लिइएका कण्डेलका बारेमा अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार