Nepal Face
  • आइतबार, १६ कार्तिक २०८३
  • नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनलाई आजदेखि शुल्क लाग्ने


    आइतबार, कार्तिक १६ २०८३
    70
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। आजदेखि नागढुंगा सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनबाट सडक उपभोग दस्तुर (टोल शुल्क)उठाइने भएको छ ।

    नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै सुरुङ मार्ग प्रयोग गरेबापत सवारीसाधनको वर्गअनुसार शुल्क लिने जानकारी गराएको हो ।

    सरकारले २०८२ चैत २६ गते राजपत्रमा सूचना प्रकाशित गरी नागढुङ्गा–नौबिसे सुरुङमार्गमा सवारीसाधन गुडाउने शुल्क निर्धारण गरेको थियो । सरकारले सवारीसाधनको क्षमताअनुसार सुरुङमार्गको प्रयोग गर्ने सवारीसाधनका लागि छुट्टाछुट्टै दस्तुर निर्धारण गरेको छ ।

    कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस र अन्य हलुका सवारीसाधनका लागि काठमाडौँ प्रवेश गर्दा ६५ र सोही वर्गका सवारीसाधन काठमाडौँबाट प्रस्थान गर्दा भने ६० तोकिएको छ ।

    मिनीबस, मिनी टिपर/ट्रकका लागि काठमाडौँ प्रवेश गर्दा १२५ र काठमाडौँबाट प्रस्थान गर्दा भने ८० दस्तुर तोकिएको छ ।

    यस्तै, बस, ट्रक (सिङ्गल रियर एक्सल) सवारीको लागि काठमाडौँ प्रवेश गर्दा २६० र काठमाडौँबाट प्रस्थान गर्दा २०० दस्तुर तोकिएको छ ।

    यस्तैगरी मल्टिएक्सल ट्रक/सवारीसाधन, भारी उपकरणको लागि काठमाडौँ प्रवेश गर्दा ६०० र काठमाडौँबाट प्रस्थान गर्दा २५० दस्तुर तोकिएको छ ।

    यो सुरुङमार्ग गत साउन ११ गते उद्घाटन गरेर सवारीसाधन परीक्षणका रूपमा सवारीसाधन गुडाउँदै आइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार