Nepal Face
  • आइतबार, १६ कार्तिक २०८३
  • विकसित नयाँ चक्रवातले नेपालमा प्रभाव पार्ने सम्भावना छैन: मौसम विभाग


    आइतबार, कार्तिक १६ २०८३
    30
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाल मौसम विज्ञान विभागले बङ्गालको खाडीमा विकसित हुँदै गरेको नयाँ चक्रवातले नेपालमा प्रभाव नपार्ने बताएका छन्। आइतबार एक सूचना जारी गर्दै विभागको मौसम पूर्वानुमान महाशाखाले मौसमी प्रणालीलाई निरन्तर निगरानी गरिरहेको जनाएको हो।

    ‘हालको मौसम विश्लेषण अनुसार बङ्गालको खाडीमा विकसित हुँदै गरेको नयाँ चक्रवातले नेपालको मौसममा उल्लेखनीय प्रभाव पर्ने सम्भावना देखिएको छैन।’ महाशाखाले भनेको छ,‘नेपाल मौसम विज्ञान विभागले उक्त मौसमी प्रणालीलाई निरन्तर निगरानी गरिरहेको छ र आवश्यकता अनुसार थप अद्यावधिक सूचना जारी गर्नेछ।’

    विभागबाट जारी हुने पछिल्लो मौसमी सूचना तथा पूर्वानुमान नियमित रूपमा हेर्न महाशाखाले अनुरोध गरेको छ। अर्नब चक्रवातको प्रभाव कमजोर बन्दै गएको बेला बंगालको खाडीमा अर्को न्यून चापीय प्रणाली विकसित भएको छ। यस अगाडि बिहीबारदेखि शनिबारसम्म नेपालको पूर्वी तथा मध्य भागमा वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात भएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार