Nepal Face
  • आइतबार, १६ कार्तिक २०८३
  • नागढुंगा सुरुङमार्गमा आजदेखि सवारी आवागमन सुचारु, कुन सवारीले कति टोल शुल्क तिर्नुपर्छ ?


    आइतबार, कार्तिक १६ २०८३
    60
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आइतबारदेखि टोल शुल्क तिर्नुपर्ने भएको छ ।

    नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले गत कात्तिक १२ गते सार्वजनिक सूचना जारी गर्दै सवारीसाधनको वर्गअनुसार सडक उपभोग दस्तुर निर्धारण गरेको हो ।

    नेपाल राजपत्रमा २०८२ चैत २६ गते प्रकाशित सूचनाबमोजिम शुल्क संकलन गर्न लागिएको आयोजनाले जनाएको छ । आयोजनाले काठमाडौं प्रवेश गर्ने र काठमाडौं बाहिरिने सवारीसाधनका लागि फरक–फरक शुल्क तोकेको छ ।

    निर्धारित शुल्कअनुसार कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ ।

    त्यस्तै, मिनिबस तथा मिनिटिपररट्रकले काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ शुल्क बुझाउनुपर्नेछ ।

    बस तथा सिंगल रियर एक्सल भएका ट्रकका लागि काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

    यसैगरी, मल्टी एक्सल ट्रक तथा अन्य सवारीसाधन र भारी उपकरणले काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ तथा काठमाडौं बाहिरिँदा २५० रुपैयाँ टोल शुल्क तिर्नुपर्नेछ ।

    सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट शुल्क संकलन सुरु भएसँगै नागढुंगा–सिस्नेखोला सडकखण्डमा यात्रा गर्ने चालक तथा यात्रुले अब सवारीसाधनको वर्गअनुसार थप शुल्क व्यहोर्नुपर्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार