काठमाडौं । तीन दिनपछि हुने प्रतिनिधिसभाको निर्वाचनको मौन अवधि आज मध्यरातदेखि सुरु हुँदैछ । राजनीतिक दल तथा उम्मेदवारहरूले आजसम्म मात्र चुनाव प्रचारप्रसार गर्न पाउनेछन । सोमबार राति १२ बजेदेखि प्रचारका सबै गतिविधिमा पूर्ण प्रतिबन्ध लाग्नेछ ।
निर्वाचन आयोगका अनुसार मौन अवधि मतदान हुने दिनभन्दा अघिल्लो ४८ घण्टादेखि सुरु भई मतदान केन्द्र बन्द नहुन्जेलसम्म अनिवार्य रूपमा पालना गर्नुपर्ने व्यवस्था छ । मौन अवधिमा कुनै पनि प्रकारका चुनावी सभा, सम्मेलन, अन्तक्र्रिया, गोष्ठी, कार्यशाला वा मत माग्ने गतिविधि गर्न पाइँदैन ।
आयोगले स्पष्ट पारेअनुसार मतदान हुने दिनभन्दा ४८ घण्टाअघि नै मतदान स्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार सामग्री हटाउनुपर्नेछ ।
साथै सामाजिक सञ्जाल, सञ्चार माध्यम वा अन्य कुनै पनि विधि–प्रक्रियामार्फत मत माग्न तथा प्रचारप्रसार गर्न कडाइका साथ निषेध गरिएको छ ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मौन अवधिमा आचरणविपरीत गतिविधि गरेको पाइए कडा कारबाही गरिने चेतावनी दिएका छन्। उनका अनुसार नियम उल्लङ्घन गर्ने उम्मेदवारको मनोनयन नै रद्द हुनसक्ने प्रावधान छ ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन मौन अवधिको कडाइपूर्वक पालना गर्न आयोगले सबै राजनीतिक दल, उम्मेदवार र मतदातालाई आग्रह गरेको छ ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend