Nepal Face
  • शुक्रबार, २६ भाद्र २०८३
  • संघीय संसद अन्तर्गतका ४ समितिको बैठक बस्दै


    बिहिबार, साउन २९ २०८२
    990
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संघीय संसद अन्तर्गतका ४ वटा समितिको बैठक बस्दैछ ।

    संघीय संसद सचिवालय, सिंहदरवार परिसरमा उक्त बैठक बस्नेछ ।

    जसअनुसार अर्थ समितिको बैठकमा बिहान ११ः०० बजेबाट सुरू हुनेछ । जुन बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकमाथि दफावार छलफल हुनेछ ।

    अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सौर्य एयरलाइन्स दुर्घटना जाँचबुझको अन्तिम प्रतिवेदन माथि छलफल हुनेछ । यो बिहान ८ः३० बजेवाट सुरू हुनेछ ।

    विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ । जुन बैठक बिहान ११ः३० बजे बोलाइएको  छ।

    संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक भने बिहान ११ः३० बजेवाट सुरू हुनेछ । जुन बैठकमा रक्षा मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवको आयोजनाहरुको कार्यान्वयन प्रगति अवस्था, समस्या, समस्या समाधानको लागि भएका प्रयासका बारेमा छलफल गरिने भएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार