काठमाडौं । सडक विभागले यस बर्ष विभागका कर्मचारीलाई दिएको पुरस्कारमा ठूलो धाँधली भएको छ । पुरस्कार पाउनेहरुले झुटो विवरण पेश गरी पुरस्कार पाएको आरोप छ । यो बर्ष सडक बिभागमा कामका आधारमा भन्दा पहुँचको भरमा पुरस्कार पाएका छन् ।
गएको साउन २१ र २२ गते काठमाडौंमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गरेको समीक्षात्मक कार्यक्रममा कालीगण्डकी कोरिडोरका आयोजना प्रमुखले झुटो विवरण पेश गरी पुरस्कार पाएको भौतिक सडक बिभाग सम्बद्ध स्रोतले बताएको छ ।
विभाग स्रोतका अनुसार गत आर्थिक वर्ष २०८१–८२ मा उक्त आयोजना कार्यालयले सडकमा कालोपत्र गरेको बास्तविक किलोमिटर संख्याको तथ्य लुकाएर गलत विवरण प्रस्तुत गरेको आधारमा पुरस्कृत भएको छ । कालीगण्डकी करिडोर पाल्पादेखि कालीगण्डकीकै जोमसोम कोरोला खण्डका आयोजना प्रमुखले पनि झुटो विवरण पेश गरी पुरस्कार लिएको आरोप छ ।
उक्त कार्यक्रममा विभागमा सबै आयोजना तथा डिभिजन प्रमुखहरुले आफनो आफनो कार्यालयका प्रगति विवरण पेश गरेका थिए । प्रगति विवरणमा सम्बन्धित कार्यालययहरुले एक वर्षमा हासिल गरेको उपलब्धीको बारेमा चर्चा गरिएको थियो ।
सडक विभागमा अहिले पुरस्कार पाउनेहरुमध्यकैले प्रायः सबै अवसर पनि लिने गरेको आरोप छ । पुरस्कार पाउनेहरुले जहाँ चाहन्छन्, त्यहीँ सरुवा हुन्छ । विदेश भ्रमणमा पनि उनीहरुले नै पटक–पटक अवसर पाउँछन् । अष्ट्रेलिया गएको एक बर्ष नपुग्दै अमेरिकाको लागि उनीहरु नै मनोनयनमा पर्ने गरेका छन् । एमसीए नेपालको कार्यक्रममा तिनै मनोनीत भएका थिए । असम्बन्धित व्यक्तिलाई अमेरिका लगिंदैछ भनी व्यापक विरोध भएपछि एमसीएको अमेरिकाको मनोनयन रद्द भएको थियो । एमसीएको कार्यक्रममा असम्बन्धित भए पनि पावरकै आधारमा अमेरिका जानका लागि मनोनयनमा परेको समाचार आएपछि त्यो रोकिएको थियो ।
सडक बिभाग र भौतिक पूर्वाधार मन्त्रालयका माथिल्लो तहका केही कर्मचारीले आफूनिकट व्यक्तिलाई पुरस्कार दिन कोटा नै छुट्याएका थिए । नेपाली कांग्रेसनिकट ट्रेड युनियनको राजनीति गरेका पहुँचवाला डीई सुबोधकुमार देवकोटाले पनि यस बर्ष पुरस्कार पाए । उनी सधैंजसो पुरस्कार पाउने गर्छन् र आजीवन राम्रो ठाउँमा उनको सरुवा हुने गरेको छ ।
कालीगण्डकी करिडोर(जोमसोम कोरला खण्ड)का ध्रुव झाले झुटो विवरण पेश गरी पुरस्कृत भएका छन् । उनलाई सडक बिभागका उपमहानिर्देशक तथा प्रवक्ता प्रभात झाको सिफारिसमा पुरस्कृत गरिएको आरोप छ ।
हाकिमहरुको चाकडी गर्ने ढंग पु¥याउन नसक्दा सडक डिभिजन सडक कार्यालय मकवानपुरका प्रमुख गुरुराज अधिकारीले भने यस बर्ष पुरस्कार पाउन सकेनन् ।
काठमाडौं । प्रधानमन्त्री कार्यालयको निर्देशनमा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र सुनकोसी मरिण डाइभर्सन आयोजनाका निर्देशक कृष्णप्रसाद रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ...
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रमा ५ महिनामा पाँचौं सचिवका रुपमा चक्रबहादुर बुढाले पद सम्हाल्दैछन् । तीन दिनअघि राष्ट्रिय सतर्कता केन्द्रको सचिवमा भूपाल बराललाई बुधबार...
काठमाडौं । गृह मन्त्रालयले सरुवा गरिसकेको १४ दिन बितिसक्दा पनि जिल्ला प्रशासन कार्यालय पर्साका नायब सुब्बा गौरीशंकरप्रसाद गुप्तालाई पुरानै जिम्मेवारीमा राखिएको विषयले प्रशासनिक वृत्तमा...
काठमाडौं । परराष्ट्र मन्त्रालयका कर्मचारीहरुले राजदूत पदमा मात्र होइन, श्रम सहचारीमा समेत आँखा लगाएका थिए । विगतदेखि नै श्रम सहचारीमा सामान्य प्रशासन समूहका कर्मचारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend