काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई भ्रममा पारेर डिभिजन सडक कार्यालय काठमाडौंको प्रमुखमा सुबोधकुमार देवकोटालाई सरुवा गराउन सफल भएको पाइएको छ ।
मन्त्रालयका एक उच्च कर्मचारीका अनुसार मन्त्री दाहाल सुवोधलाई काठमाडौं डिभिजन ल्याउने पक्षमा थिएनन् । किनभने काठमाडौं सडक डिभिजन आकर्षकमात्र होइन, राजधानी भएकाले रणनीतिक ठाउँ पनि हो । काठमाडौंमा विभिन्न शीर्ष व्यक्तिहरुको सोझै चासो हुने गर्छ ।
त्यसैले मन्त्री दाहालले कमसेकम एमालेप्रति लचिलो मानिने र सिनियर इञ्जिनियरलाई ल्याउन चाहन्थे तर सचिव शर्मा भने जसरी भए पनि सुवोधलाई ल्याउने पक्षमा थिए । शर्मा परराष्ट्रमन्त्रीसमेत रहेकी नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणालाई प्रभावमा पारी वरियता समेत मिचेर सचिवमा बढुवा भएका थिए । काठमाडौं सडकमा सरुवा हुन सुवोधले सचिव शर्मालाई पहिले नै प्रभावमा पारिसकेका थिए ।
त्यसैले सुवोधलाई काठमाडौ ल्याउन सचिव शर्माले यसपटक भौतिक मन्त्री दाहाललाई समेत भ्रममा राखे । स्रोत भन्छ– ‘प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार बिष्णु रिमालले सुवोधलाई जसरी भए पनि काठमाडौं ल्याउनू भनेर मलाई दबाब दिइरहनुभएको छ । त्यसैले सुबोधलाई काठमाडौं ल्याउनैपर्ने भयो’, सचिव शर्माले मन्त्री दाहाललाई भने । बिष्णु रिमालकै नाम लिएपछि त्यसमा पनि रिमालले दबाब नै दिनुभएको छ भनेपछि मन्त्री दाहाल पछि हटे ।
यस्तो आइडिया निकालेपछि सुवोध काठमाडौं आउन सफल भए । स्रोत भन्छ यसबारेमा बिष्णु रिमाललाई केही थाहा छैन । न त मन्त्री दाहालले रिमाललाई सोध्ने हिम्मत नै गरे । ‘एक पटक मन्त्री दाहालले रिमाललाई सोझै सोधेको भए सुबोध काठमाडौं आउने थिएनन्’ स्रोत भन्छ ।
अत्यन्त विवादित र सधैं आकर्षक ठाउँ रोज्ने स्वभाव भएका सुवोधलाई काठमाडौं ल्याइएकोमा अधिकांश इञ्जियिनरहरु असन्तुष्ट भएका छन ् । अप्ठयारो परेको बेलामा उनी आफू कांग्रेससँग निकट भन्ने गर्छन् तर कांग्रेसनिकट कर्मचारीलाई भने सधंै होच्याएर बोल्ने गर्छन् । निजामती कर्मचारी युनियनका कार्यबाहक अध्यक्ष उत्तम कटुवाललाई सँगै नभएको बेला …. भन्ने गर्छन् भने उपाध्यक्ष यज्ञ ओलीलाई ‘राजनीति गर्न जान्दैन । मैले ल्याएको केटो हो’ भन्ने गर्छन् ।
निमित्त भई आयोजना प्रमख चलाउँदा उनले कानुन बाहिर गई काम गरेका थिए । उपसचिवको बिल्ला भिरी निमित्त आयोजना प्रमुख भए भने आयोजना प्रमुख भएकै बेला इञ्जिनियरको बिल्ला भिरेर आधिकारिक टे«ड युनियनको महासचिवको हैसियतमा कर्मचारी राजनीति गरिरहे । जुन काननु अनुसार मिल्दैन । आफूलाई मन नपरेका कर्मचारीलाई सुवोधले अख्तियारमा कार्यरत आफूनिकट कर्मचारीलाई प्रयोग गरी दुख दिने गरेको आरोप छ । मधेशी कर्मचारी मञ्चका एक नेतालाई उनले यस्तै दुःख दिएका थिए ।
यता सचिव शर्मालाई अहिले भौतिक मन्त्रालयमा एक व्यक्ति तीन पदधारकका रुपमा चिनिन्छ । मन्त्री, सचिव र सडक विभागको महानिर्देशकले गर्ने काम उनले आफैं गर्ने गरेका छन् । त्यसैले उनी एक व्यक्ति तीन पदको रुपमा चिनिएका हुन् ।
देवकोटा ट्रेड युनियनको आडमा लगातार सडकका आयोजना प्रमुख भई लाभ लिनेमा देवकोटा नै हुन् । इन्जीनीयर हुँदै शहीदमार्ग आयोजना रोल्पाको कामु प्रमुख भए । जहाँ ठूलो बजेट राखिएको समय थियो । डीई भएपछि गल्छी–मैलुङ–स्याफ्रुबेसी आयोजनाको प्रमुख भए । त्यसपछि मदन भण्डारी राजमार्ग आयोजना दमकको प्रमुख, नुवाकोट डिभिजन प्रमुख भएका थिए । नुवाकोटबाट काठमाडौं आउन सफल भएका छन् । त्यो पनि सचिव शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालको नाम लिएर मन्त्री दाहाललाई गुमराहमा पारेर काठमाडौं डिभिजनमा ल्याएका छन् ।
काठमाडौं । बिचौलिया ब्यापारीको सेटिङमा आकर्षक भन्सार कार्यालयका प्रमुखको सरुवा हुने विगतको परम्परा वालेन्द्र शाह नेतृत्वको सरकारमा पनि कायमै रहेको खुलासा भएको छ ।...
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend