काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई भ्रममा पारेर डिभिजन सडक कार्यालय काठमाडौंको प्रमुखमा सुबोधकुमार देवकोटालाई सरुवा गराउन सफल भएको पाइएको छ ।
मन्त्रालयका एक उच्च कर्मचारीका अनुसार मन्त्री दाहाल सुवोधलाई काठमाडौं डिभिजन ल्याउने पक्षमा थिएनन् । किनभने काठमाडौं सडक डिभिजन आकर्षकमात्र होइन, राजधानी भएकाले रणनीतिक ठाउँ पनि हो । काठमाडौंमा विभिन्न शीर्ष व्यक्तिहरुको सोझै चासो हुने गर्छ ।
त्यसैले मन्त्री दाहालले कमसेकम एमालेप्रति लचिलो मानिने र सिनियर इञ्जिनियरलाई ल्याउन चाहन्थे तर सचिव शर्मा भने जसरी भए पनि सुवोधलाई ल्याउने पक्षमा थिए । शर्मा परराष्ट्रमन्त्रीसमेत रहेकी नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणालाई प्रभावमा पारी वरियता समेत मिचेर सचिवमा बढुवा भएका थिए । काठमाडौं सडकमा सरुवा हुन सुवोधले सचिव शर्मालाई पहिले नै प्रभावमा पारिसकेका थिए ।
त्यसैले सुवोधलाई काठमाडौ ल्याउन सचिव शर्माले यसपटक भौतिक मन्त्री दाहाललाई समेत भ्रममा राखे । स्रोत भन्छ– ‘प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार बिष्णु रिमालले सुवोधलाई जसरी भए पनि काठमाडौं ल्याउनू भनेर मलाई दबाब दिइरहनुभएको छ । त्यसैले सुबोधलाई काठमाडौं ल्याउनैपर्ने भयो’, सचिव शर्माले मन्त्री दाहाललाई भने । बिष्णु रिमालकै नाम लिएपछि त्यसमा पनि रिमालले दबाब नै दिनुभएको छ भनेपछि मन्त्री दाहाल पछि हटे ।
यस्तो आइडिया निकालेपछि सुवोध काठमाडौं आउन सफल भए । स्रोत भन्छ यसबारेमा बिष्णु रिमाललाई केही थाहा छैन । न त मन्त्री दाहालले रिमाललाई सोध्ने हिम्मत नै गरे । ‘एक पटक मन्त्री दाहालले रिमाललाई सोझै सोधेको भए सुबोध काठमाडौं आउने थिएनन्’ स्रोत भन्छ ।
अत्यन्त विवादित र सधैं आकर्षक ठाउँ रोज्ने स्वभाव भएका सुवोधलाई काठमाडौं ल्याइएकोमा अधिकांश इञ्जियिनरहरु असन्तुष्ट भएका छन ् । अप्ठयारो परेको बेलामा उनी आफू कांग्रेससँग निकट भन्ने गर्छन् तर कांग्रेसनिकट कर्मचारीलाई भने सधंै होच्याएर बोल्ने गर्छन् । निजामती कर्मचारी युनियनका कार्यबाहक अध्यक्ष उत्तम कटुवाललाई सँगै नभएको बेला …. भन्ने गर्छन् भने उपाध्यक्ष यज्ञ ओलीलाई ‘राजनीति गर्न जान्दैन । मैले ल्याएको केटो हो’ भन्ने गर्छन् ।
निमित्त भई आयोजना प्रमख चलाउँदा उनले कानुन बाहिर गई काम गरेका थिए । उपसचिवको बिल्ला भिरी निमित्त आयोजना प्रमुख भए भने आयोजना प्रमुख भएकै बेला इञ्जिनियरको बिल्ला भिरेर आधिकारिक टे«ड युनियनको महासचिवको हैसियतमा कर्मचारी राजनीति गरिरहे । जुन काननु अनुसार मिल्दैन । आफूलाई मन नपरेका कर्मचारीलाई सुवोधले अख्तियारमा कार्यरत आफूनिकट कर्मचारीलाई प्रयोग गरी दुख दिने गरेको आरोप छ । मधेशी कर्मचारी मञ्चका एक नेतालाई उनले यस्तै दुःख दिएका थिए ।
यता सचिव शर्मालाई अहिले भौतिक मन्त्रालयमा एक व्यक्ति तीन पदधारकका रुपमा चिनिन्छ । मन्त्री, सचिव र सडक विभागको महानिर्देशकले गर्ने काम उनले आफैं गर्ने गरेका छन् । त्यसैले उनी एक व्यक्ति तीन पदको रुपमा चिनिएका हुन् ।
देवकोटा ट्रेड युनियनको आडमा लगातार सडकका आयोजना प्रमुख भई लाभ लिनेमा देवकोटा नै हुन् । इन्जीनीयर हुँदै शहीदमार्ग आयोजना रोल्पाको कामु प्रमुख भए । जहाँ ठूलो बजेट राखिएको समय थियो । डीई भएपछि गल्छी–मैलुङ–स्याफ्रुबेसी आयोजनाको प्रमुख भए । त्यसपछि मदन भण्डारी राजमार्ग आयोजना दमकको प्रमुख, नुवाकोट डिभिजन प्रमुख भएका थिए । नुवाकोटबाट काठमाडौं आउन सफल भएका छन् । त्यो पनि सचिव शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालको नाम लिएर मन्त्री दाहाललाई गुमराहमा पारेर काठमाडौं डिभिजनमा ल्याएका छन् ।
काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा वैज्ञानिक कर्मचारीको तलब संरचनामा देखिएको गम्भीर असमानताले वैज्ञानिक समुदायमा असन्तुष्टि बढ्दै गएको छ । एउटै संस्थामा...
काठमाडौं । मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मापदण्ड पूरा नगरेका ४ अस्पतालको नवीकरण र स्तरोन्नति गर्ने क्रममा ठूलो आर्थिक चलखेल भएको तथ्य ढिलोगरी...
काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक (एसपी) शेरजंगबहादुर चन्द सरकारी सेवाका प्रावधानलाई नाघेर व्यापारिक कारोबारमा संलग्नमात्र छैनन्, कारोबारका सिलसिलामा मानिसहरुलाई भुक्तानी नदिने...
काठमाडौं । गैरकानुनी सम्पत्ति आर्जन गरी कानुनी राजमा खलल पुर्याउनेहरुलाई कारबाही गर्नका लागि स्थापित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक निर्मल ढकालले एक विवादित नायबसुब्बाको...
वीरगञ्ज । लायन्स मल्टिपल डिस्ट्रिक्ट ३२५ का पूर्व मल्टिपल काउन्सिल चेयरपर्सन तथा लायन डा. रमेशकुमार अग्रवालको लायन्स क्लब मिलेनियम एमजेएफबाट सदस्यता समाप्त गरिएको घटनाले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend