काठमाडौं । सडक विभागले बुधबार १ सय १९ जना इन्जीनीयर र सबइन्जीनीयरहरूको सरुवा गरेको छ । जेनजीको सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले समेत सरुवामा न्याय गर्न नसकेको आरोप छ । जेनजीको सरकारमा समेत बिगतमा जस्तै तरमाराहरु नै आकर्षक ठाउँमा हावी भएको, पहुँचबिहीनहरु मात्र दुर्गममा सरुवा हुनुपरेको छ ।
दुर्गम तथा विकट हिमाली जिल्लामा रहेका विभाग मातहतका डिभिजन तथा योजना कार्यालयहरूमा प्राविधिक कर्मचारी खटाइएको छैन । कतिपय दुर्गम र हिमाली जिल्लामा त प्राबिधिक कर्मचारी नै खाली राखिएको छ । तर काठमाडौंलगायत सुगम जिल्लामा प्राविधिकहरुको भीड थुपारिएको छ ।
दुई वर्षभन्दा बढी समयदेखि एउटै कार्यालयमा बसिरहेका राजनीतिक दल र तिनका ट्रेड युनियनका पदाधिकारीलाई विभागले सरुवा गर्न सकेको छैन । बर्षौदेखि आकर्षक कार्यालयमा बसिरहेका उनीहरुलाई जेनजी सरकारले चलाउन सकेको छैन । जेनजीको सरकार पनि पार्टीसँग निकट कर्मचारीसंघ, संगठनका पदाधिकारीहरुसँग डराएर सरुवा गर्नबाट पछि हटेको आरोप छ ।
अत्यन्त विकट हिमाली जिल्ला हुम्लाको सिमिकोटस्थित कर्णाली करिडोरको उत्तर खण्डमा प्राबिधिक एकजनामात्रै कार्यालय प्रमुख छन् । उक्त करिडोरका पाँच इन्जीनीयर र सवइन्जीनीयरलाई हुम्लाबाट सरुवा गरिएको छ । तर कसैलाई पनि खटाइएको छैन । कर्णाली करिडोरका कार्यालय प्रमुख बेलबहादुर नेपालीले इन्जीनीयर र सबइन्जीनीयर सरुवा गरिदिनका लागि बिभागदेखि मन्त्रालयमा धाउँदा पनि पठाइएको छैन ।
यसैगरी बझाङमा कार्यालय रहेको सेती राजमार्गको उत्तर खण्ड, ओलाङचुङगोला पुग्ने तमोर करिडोरको उत्तर खण्ड, कालीगण्डकी करिडोरको जोमसोम खण्डसहित कार्यालयमा विभागको नेतृत्वले इन्जीनीयर र सबइन्जीनीयर पठाएको छैन ।
हिमाली र विकट जिल्लामा प्राविधिकको अभावमा काम हुन नसकिरहेको अवस्था छ । तर सडक डिभिजन काठमाडौं, भक्तपुर, सूर्यबिनायक धुलिखेल खण्ड लगायतका आकर्षक कार्यालयमा दुई बर्षभन्दा बढी समयदेखि कार्यरत कर्मचारीलाई चलाइएको छैन । उनीहरुले बिभागदेखि मन्त्रालयसम्म सेटिङ गरेकाले २ बर्ष अवधि पुग्दा पनि सरुवा गरिएको छैन । जबकि निजामती सेवा नियमावलीमा एउटा कार्यालयमा कार्यरत रहेको कर्मचारीलाई २ बर्षमा अन्यत्र सरुवा गर्नुपर्ने ब्यवस्था छ ।
जेनजी सरकारले ट्रेड युनियनमा आवद्ध नभएका र सेटिङ गर्न नचाहनेलाई न्याय दिनुपर्ने हो । तर ट्रेड युनियनमा आवद्ध नभएकालाई २ वर्ष नपुग्दै सरुवा गरिएको छ ।
काठामाडौं । सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरी हटाइएकाहरुलाई वालेन्द्र शाह सरकारले धमाधम नियुक्ति दिइरहेको छ । वालेन्द्र शाह प्रधानमन्त्री भएपछि...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । एक अर्ब भन्दा बढी मूल्य पर्ने काठको अबैध र अनियमित कटान, मुछान, घाटगद्दी र लिलाम गर्ने ३ जनाबिरुद्ध उजुरी परेको र अख्तियार...
काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका छन्। अध्यादेश ल्याएर भूपेन्द्र भण्डारीलाई अध्यक्षबाट पदमुक्त गरिएपछि घिमिरे नै निमित्त अध्यक्षको जिम्मेवारीमा थिए। पछिल्लो मन्त्रिपरिषद्...
काठमाडौं । ‘लाखौँका लागि उजाड छ यो देश, मुठ्ठीभरलाई त स्वर्ग छ’ भन्ने यो पुरानो गीत निजामती प्रशासनमा पनि चरितार्थ हुने गरेको छ ।...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend