काठमाडौं । सडक विभागका महानिर्देशक डा. विजय जैशीको व्यवहारदेखि स्वयम् विभाग मातहतकै आयोजना तथा डिभिजन कार्यालयका प्रमुखहरु आजित भएका छन् ।
पूर्वाधार विकास मन्त्री सुनिल लम्साललाई खुशी गराउन जैशीले मन्त्री र उनको जम्बो टोलीलाई अनुगमनका नाममा देशभरी घुमाउँदैआएका छन् ।
‘मन्त्री र केही थोरै कर्मचारी अनुगमनमा गए केही फरक पर्दैन । त्यो स्वाभाविक पनि हो । तर असम्बन्धित व्यक्तिहरु, सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद, पार्टीका कार्यकर्ता र अन्य व्यक्तिहरुलाई समेत लिएर मन्त्रीज्यू अनुगमनको नाममा आउनुहुन्छ । र, होटलमा खर्च गरेको लाखौं रुपैयाँको बिल हामीलाई पठाउने गरिएको छ । बिलको पैसा बुझाउन सास्ती परिरहेको छ । कहाँबाट ल्याएर होटलको बिल तिर्ने ?’ एक कर्मचारीले नेपालफेस प्रतिनिधिसँग गुनासो गरे ।
मन्त्रीका सबै टोलीमा विभागका महार्दिशक जैशी आफैं जाने गरेका छन् । अनुगमनका नाममा हुँदै आएको एउटा भ्रमण पनि उनले छुटाएका छैनन् । मन्त्रीलाई खुशी गराउने नाममा जैशी आजभोलि निकै कम समय कार्यालयमा बस्ने गरेका छन् ।
अधिकांश समय मन्त्रीको वरिपरि मात्रै देखिने गरेका छन् । मन्त्रीको टोलीले होटलमा खर्च गरेको बिल जैशी आफैंले विभाग मातहतका सम्बन्धित ठाउँका आयोजना तथा डिभिजन कार्यालयका प्रमुखहरुलाई पठाउने गरेका छन् ।
एक पीडित कर्मचारीका अनुसार जैशीले पठाएको बिल अनुसार पैसा भुक्तानी गर्न कन्टिजन्सीबाट बुझाउने अवस्था छैन । आफैंले गोजीबाट पैसा बुझाउनुपर्ने अवस्था आएको छ । ‘उता होटलवालाले पैसा बुझाऊ भनेर ताकेता गरिरहेको छ । डीजी सावले हाम्रो समस्या र मर्म बुझ्नुहुन्न, मन्त्रीज्यूलाई खुशी गराउने नाममा हामीलाइ सास्ती दिइरहनुभएको छ’ ती कर्मचारीले भने ।
साउन महिनामा पूर्वाधार विकास मन्त्री र उनको टोली जोमसोम, जुम्ला, सुर्खेत, चरिकोट, रामेछाप लगायत विभिन्न ठाउँमा गयो । बीपी राजमार्ग अनुगमनको नाममा मूलकोटमा मन्त्रीको टोलीले एक बिहान खाना खायो । त्यसमा ८५ जनाको जम्बो टोली थियो । त्यसको बिल महानिर्देशक जैशीले आफूले तिरेनन् । सडक डिभिजन भक्तपुरलाई बिल तिर्न लगाए । त्यसपछि लम्साल रामेछाप गए । रामेछाप गएपछि मन्त्रीले ‘गाउँ नै सार्ने’ अभिव्यक्ति दिए ।
जुम्लामा मन्त्रीको टोलीलाई खुवाउनका लागि दुई वटा होटल नै बुक गरिएको थियो । सरकारी पैसामा मन्त्रालयसँग असबन्धित व्यक्तिलाई खाना खुवाउन, मदिरा सेवन गराउन, होटलमा बसाउन, गाडीमा घुमाउन गैरकानुनी काम हो । तर मन्त्रीलाई खुशी गराउने नाममा जैशीले खुलेआम गैरकानुनी काम गरिरहेका छन् । उल्टै पैसा तिर्न विभाग मातहत कार्यालय प्रमुखलाई आदेश दिने गरेका छन् ।
यसबाट विभाग मातहतका आयोजना प्रमुखहरु दोहरो मारमा परेका छन् । भदौ महिनामा सरुवाको सिजन हो । सरुवामा पर्ने डरले आयोजना तथा डिभिजन प्रमुखरु खुलेर बोल्न सकेका छैनन् ।
जैशी विभागमा महानिर्देशक भएको झण्डै १५ महिना भयो । आगामी मंसिरसम्म विभागको नेतृत्व फेरबदल हुने सम्भावना छ । जैशी भने कम्तीमा अझै ८–९ महिना टिक्ने योजनामा छन् । त्यसैले उनले मन्त्री लम्सालको हरसम्भव चाकडी गरिरहेका छन्—स्रोतले भन्यो ।
मन्त्रीलाई खुशी गराउने जैशीको पुरानै चलन हो । यसअघि तत्कालीन भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङलाइ पनि यसरी नै जिल्ला घुमाएका थिए । त्यतिबेला पनि उनी सधैंजसो कुलमानको वरिपरि देखिन्थे ।
काठमाडौं । बजारमा खाना पकाउने एलपीजी ग्याँसको हाहाकार छ । टेकू र बालाजुमा ग्याँसको लागि सयौं नागरिक हरेक दिन बिहानदेखि लाइनमा लाग्ने गरेका छन्...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को नेतृत्वमा सरकार बनेपछि विचौलिया र विवादितहरुलाई निषेध गरिने बाचापत्रमा उल्लेख छ । जनताले बिचौलिया र विवादितहरु रोकिने र सुशासन...
काठमाडौं । पहुँच हुनेले अख्तियारमा पनि हेराफेरी गर्नसक्छ भन्ने कुरा नेपाल पर्यटन बोर्डका एक उच्च अधिकारीको हकमा लागू हुन्छ । पर्यटन बोर्डका निर्देशक लक्ष्मण गौतमले...
काठमाडौं । आयुर्वेद चिकित्सा परिषदको अध्यक्षमा डा. श्यामबाबु यादव जस्ता विवादित र लाभका सबै पद लिइसकेकालाई नियुक्ति गर्ने तयारी भएको छ । स्वास्थ्य तथा खाद्य...
काठमाडौ । मुलुकमा नयाँ सरकारको आगमनसँगै न्यायपालिकाको नेतृत्व परिवर्तन भए पनि सर्वोच्च अदालतमा बिचाराधीन मुद्दाहरुमा हुने गरेको चलखेल रोकिएको छैन । यसैक्रममा सर्वोेच्च अदालतमा चलिरहेको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend