Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • मन्त्रालयको संख्या २० बाट १५ वटामा झारियो, कुन कुन गाभिए ?


    शुक्रबार, चैत्र १३ २०८२
    715
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बालेन्द्र शाह नेतृत्वको नवनिर्वाचित सरकारले मन्त्रालयको संख्या २० वाटबाट घटाएर १५ मा सीमित गरेको छ । कटौती भएका ५ वटा मन्त्रालयमा वन तथा वातावरण, भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण, युवा तथा खेलकुद, खानेपानी, सहरी विकास मन्त्रालय छन् ।

    वन तथा वातावरण मन्त्रालय कृषि तथा पशुपंछीमा गाभिएको छ । सहरी विकास मन्त्रालय भौतिक पूर्वाधार तथा यातायातमा गाभिएको छ । युवा तथा खेलकुदलाई शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालय अन्तर्गत राखिएको छ ।

    खानेपानी मन्त्रालय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहत लगिएको छ । भूमि ब्यवस्था मन्त्रालय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय एकापसमा गाभिने भएका छन् । संभवतः आजैको मन्त्रिपरिषदको बैठकले मन्त्रालयको संख्या र कुन कुन मन्त्रालय कसरी गाभिने निर्णय गर्ने संभावना छ ।

    मन्त्रालयहरु

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार