काठमाडौं । नेकपा एमालेको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ ।
च्यासल, ललितपुर तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ।
हिजोको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र चौतर्फी आक्रमण भएको र त्यसको डटेर सामना गर्नुपर्नेमा जोड गरेका थिए भने हिजोको बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले बिधान संशोधन प्रतिवेदन तथा महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन पेश गरेका थिए, जसमाथि छलफल जारी रहेको छ ।
हिजोका बैठकमा जना केन्द्रीय सदस्यहरूले धारणा राखिसकेका छन् भने बाँकीले मंगलवार धारणा राखिसकेपछि बैठक समापन गरिनेछ । हरेक सदस्यलाई बोल्न ३–३ महिनाको समय दिइएको छ । सचिवालय, स्थायी कमिटी र पोलिटव्यूरोबाहेक एमालेमा करिब २३० जना केन्द्रीय सदस्य रहेका छन् ।
मुख्यतयाः बिधान अधिवेशनको पूर्वतयारी तथा पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारी पुनः एमालेको राजनीतिमा फर्कने बिषयमा यो केन्द्रीय समिति बैठकको मुख्य रूपमा केन्द्रित हुनेछ । यसअघि बसेको सचिवालय बैठकले मुख्यतयाः ७० बर्षे उमेर हद र एक ब्यक्ति २ कार्याकाल भन्दा बढी पदाधिकारीमा बस्न नपाइने भन्ने बिधानको ब्यवस्थालाई खारेज गरेको थियो, जसलाई पोलिटब्यूरोलेसमेत अनुमोदन गरिसकेको छ ।
भदौको २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा एमालेको विधान महाधिवेशन आयोजना गरिएको छ । तर, पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण भने ‘पेन्डिङ’ मा राखेको जनाएपछि अध्यक्ष ओलीले भण्डारीलाई पुनः सक्रिय राजनीतिमा फर्कन रोक लगाइएको रूपमा अर्थ्याइएपछि आइतवार साँझसम्म दुबै नेताबीचमा च्यासलस्थित कार्यालयमा भेटघाट र छलफल भएको थियो ।
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
काठमाडौँ। प्रमुख प्रतिपक्षी तथा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जेन–जी विद्रोहका क्रममा भएका घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले गरेको सिफारिस तत्काल कार्यान्वयन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend