काठमाडौं । घुसको डिल गरेको अडियो सार्वजनिक भएको एक साता बितिसक्दा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय मामला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई हटाउन आलटाल गर्दैआएका छन् ।
पोखराका जग्गा कारोबारी सुजन लामाले मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीलाई थमौती गर्न र भूमि आयोग कास्कीको अध्यक्षमा खेम पुनलाई बनाउनका लागि सामान्य प्रशासन मन्त्री गुप्तालाई उक्त घुस दिएको अडियो रेकर्डबाट सुनिन्छ ।
अडियो रेकर्डका कुरा आफ्नै भएको मन्त्री गुप्ताले स्वीकार गरिसक्दा पनि प्रधानमन्त्री ओलीले उनलाई बर्खास्त गरेका छैनन् । सामाजिक संजालमा घुस लिने मन्त्रीको बारेमा चौतर्फी बिरोध हुँदाहुँदै पनि ओलीले उनीहरुलाइै बर्खास्त गरेका छैनन् । बरु घुस लेनदेनमा मुछिएका मन्त्री गुप्ताले एक टीभीमा प्रायोजित अन्तर्वार्ता दिएर घुस नलिएको दाबी गरेका छन् । र, अडियोसमेत आफ्नो नभएको भन्न थालेका छन् ।
घुसकाण्डमा प्रत्यक्ष मुछिएका मन्त्री गुप्तालाई राजीनामा गराउने वा उनलाई बर्खास्त गर्ने भन्ने निर्णय भने भएको छैन । घुसकाण्डमा जोडिएका अर्का मन्त्री बलराम अधिकारीलाईसमेत हटाउनुपर्ने आवाज उठिरहेको छ ।
आइतबार प्रधानमन्त्री केपी शर्मा ओली काठमाडौं फर्किएर मन्त्रीद्वयका बारेमा निर्णय गर्ने भनिए पनि सोमबार बिहानसम्म पनि उनीहरुलाई पदबाट हटाइएको छैन ।
पुनलाई भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख र मालपोत कार्यालय कास्कीको तत्कालीन प्रमुख अधिकारीको सरूवा रोक्न ५३ लाख घुस लेनदेनसम्बन्धी डिल गरेको अडियो संचारमाध्यमले सार्वजनिक गरेका छन् ।
सुयोग शर्मा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा बिपद ब्यवस्थापन सम्बन्धी बृहत् छलफल संवाद कार्यक्रम मिनी कुम्भमेला आयोजना गरिएको थियो । जसमा पूर्व महानिर्देशक, सचिव, पूर्व...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सचिव डा. विकास देवकोटाको आडमा मन्त्रालयमा बर्षौदेखि रजगज गर्दैआएका, सेटिङ र डिलिङमा संलग्न कर्मचारीहरुलाई सरुवा...
काठमाडौ । आकर्षक मानिने उपत्यकाका नापी कार्यालयमा थमौती हुन र सरुवा हुन दुई प्रमुख नापी अधिकृत (उपसचिव)ले अस्वभाविक चलखेल गरेको पाइएको छ । उपत्यकाका नापी...
काठमाडौं । भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम हुने अपेक्षाका साथ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)लाई अभूतपूर्व जनमत प्राप्त भयो । जनताको अपार समर्थनमा वालेन्द्र शाह नेतृत्वको...
काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा वैज्ञानिक कर्मचारीको तलब संरचनामा देखिएको गम्भीर असमानताले वैज्ञानिक समुदायमा असन्तुष्टि बढ्दै गएको छ । एउटै संस्थामा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend