राजकुमार गुप्ता र रामचन्द्र अधिकारी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका दुई मन्त्री घुस प्रकरणमा तानिएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले बिचौलियासँग ७८ लाख रुपैयाँ घुस डिल गरेको भिडियो सार्बजनिक भएको छ ।
बिचौलियासँगको घुसको डिलमा भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी पनि मुछिएका छन् ।
गुप्ता सामान्य प्रशासन मन्त्री हुनासाथ कर्मचारी सरुवामा घुस असुली गरेका समाचार आइरहे । मधेश प्रदेशका स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत खटनपटनमा २० लाख रुपैयाँसम्म लिएको आरोप उनीमाथि लाग्दैआएको छ ।
सुरुमा निमित्त प्रमुख प्रशासकीय अधिकृत नबनाउने घोषणा गरेका मन्त्री गुप्ताले पछि आफ्नै गृहजिल्ला पर्साको बहुदरमाई नगरपालिकामा निमित्त बनाए । रकम डिल गरेपछि बहुदरमाईमा अजयकुमार श्रीवास्तवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाएका थिए । मन्त्री गुप्ताका छोरा सुवास गुप्ताले श्रीवास्तवसँग डिल गरेपछि उनलाई निमित्त बनाइएको थियो ।
२० लाख रुपैयाँको कारोबार भएपछि उनलाई निमित्त दिइएको स्रोतको दाबी छ । मन्त्री गुप्ताका छोरा सुवास र रवि गुप्ताले मधेश प्रदेशका स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको खटनपटन, सरुवादेखि निमित्त दिने क्रममा दररेट नै तय गर्ने र सेटिङ मिलेपछि मन्त्रालयबाट निर्णय हुने गरेको छ । मन्त्रीका पुत्र सुवास पर्सामा एक उद्योगको कामकाज हेर्नेगरी जिल्लामै बसेर मधेश प्रदेशका सरुवाको डिल गर्ने गरेका छन् । स्थानीय तहमध्ये सबैभन्दा बढी बजेट र आन्तरिक आय मधेशकै पालिकामा हुने गर्दछ । साधन स्रोत सम्पन्न पालिकाहरु भएकाले मधेशमा प्रमुख प्रशासकीय अधिकृतको सरुवादेखि निमित्त पाउनका लागि ठूलो चलखेल हुने गरेको छ ।
सामान्य प्रशासन मन्त्रालयको सरुवामा मधेश प्रदेशको डिल मन्त्रीका छोराहरुले गर्नेगरेका छन् । मालपोतदेखि अन्य जनसम्पर्क हुने कार्यालयका कर्मचारीको सरुवाको डिल गर्न मन्त्री गुप्ताले बिचौलिया प्रमोद खड्कालाई तैनाथ गरेका छन् । मन्त्री गुप्ताको बेडरुममै पहुँच पुर्याएका खड्काले काठमाडौं उपत्यकाका मालपोत कार्यालयका कर्मचारीहरुको सरुवा बेमौसममा सामान्य प्रशासन मन्त्रालयबाट गराउँदैआएका छन् ।
सामान्य प्रशासन मन्त्रालयले प्रत्येक बर्षको भदौमा मात्र सरुवा गर्ने ब्यवस्था छ । तर गुप्ता मन्त्री भएपछि बिचौलिया प्रमोद खड्काले दररेट उठाएर हरेक दिनजसो मालपोतका कर्मचारीको सरुवा हुने गरेको छ । यसरी नियमबिपरीत आर्थिक चलखेलका आधारमा कर्मचारी सरुवा गरिएकोबारेमा मिडियामा आए पनि प्रधानमन्त्री ओलीले मन्त्री गुप्तालाई पदबाट हटाउन सकेनन् ।
को हुन् ७२ लाख घुसकाण्डमा मुछिएका मालपोत प्रमुख ?
भूमिसुधार तथा मालपोत कार्यालय कास्कीका प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारीलाई थमौती गर्नकै लागि मन्त्री गुप्तालाई बिचौलियाले घुस प्रस्ताव गरेको गरेका थिए । जसको अडियो अहिले सार्वजनिक भएको छ । कास्कीका तत्कालीन मालपोत प्रमुख अधिकारी कार्य सम्पादनमा कमजोर, जग्गा प्रशासनका बारेमा ‘ज’ कोसमेत राम्रो ज्ञान नभएका भनेर चिनिन्छन् ।
टाइपिष्टबाट निजामती सेवामा प्रवेश गरेका अधिकारीले हालसम्म पनि लोकसेवा आयोगको परीक्षा फेस गर्नुपरेको छैन । फाइल बढुवाबाटै सुव्वा, २४ ‘घ’ बाट अधिकृत हुँदै हाल उनी उपसचिव पदमा कार्यरत रहेका छन ।
प्रायः सबै फाँटहरूमा दररेट नै तोकेर अधिकारीले सेवाग्राहीलाई अनावश्यक दुःख र हैरानी दिएको गुनासो पीडितहरुले गरेका छन् । कार्यक्षमता निकै कमजोर रहेका अधिकारीले जग्गा प्रशासनसम्वन्धी काम गराउँदा नौ जना नासुको मिलेमतो र सेटिङअनुसार गर्ने गरेको जानकारस्रोतले बताएको छ । उनीहरुलाई हरेक हप्ता फाँट परिवर्तन गरी सेवाग्राहीसँग अतिरिक्त शुल्क असुुल्न लगाउने गरेका थिए ।
उनै अधिकारीलाई मन्त्रालयले २ बर्षअघि २०८० मंसिर १३ गते बागलुङ मालमोत कार्यालयमा सरुवा गरेर तनहुँमा काजमा रहेका उपसचिव चिरञ्जीवी पौडेललाई सरुवा गरेको थियो । कुनै समय पौडेल अधिकृत हुँदा अधिकारी भने टाइपिष्ट रहेको बताइएको छ । उनै पौडेललाई मन्त्रालयले मालपोत कार्यालय कास्कीमा सरूवा गरी अधिकारीलाई बागलुङ सरूवा गरेको थियो । तर, दुई दिनभित्रै उनी काठमाडौं पुगेर जग्गा व्यवसायी राजकाजी गुरूङ र सुजन लामामार्फत् चलखेल गरेर सरूवा संशोधन गरी एक हप्तामा नै कास्कीमा फर्किन सफल भएका थिए ।
कास्कीको पृथ्वीनारायण क्याम्पसको २ सय २, काउडाँडाको ३० रोपनी र गोपालजी गुठीलगायतको जग्गाको काम फत्ते गर्नका लागि उनलाई बिचौलिया समूहले मन्त्रालयको नेतृत्वलाई दवाव दिएर पुनः सरुवा बदर गराएका थिए । ती र अन्य जग्गा दर्ता गराउनकौ लागि उनलाई सरुवा नगराउन बिचौलिया पूर्वमन्त्री श्रीमती रन्जिता श्रेष्ठ चौधरीदेखि वर्तमान मन्त्री गुप्तासम्मलाई प्रभावमा पार्ने कार्यमा लागेका थिए ।
काठमाडौं । नेपालको निजामती प्रशासनमा जब ऐन–नियम र कानुन परिवर्तनको समय आउँछ, एक समूहलाई ठूलो ठेक्का खुल्छ । बि.स. २०४९ मा नियमावली परिवर्तन गर्दा...
काठमाडौं । विराटनगरस्थित कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. चन्द्रभाल झा अस्पतालको सेवा सुधारका लागि अहोरात्र लागिरहेका छन् । उनको सम्पूर्ण प्रयास अस्पतालमा आउने...
सुयोग शर्मा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा बिपद ब्यवस्थापन सम्बन्धी बृहत् छलफल संवाद कार्यक्रम मिनी कुम्भमेला आयोजना गरिएको थियो । जसमा पूर्व महानिर्देशक, सचिव, पूर्व...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सचिव डा. विकास देवकोटाको आडमा मन्त्रालयमा बर्षौदेखि रजगज गर्दैआएका, सेटिङ र डिलिङमा संलग्न कर्मचारीहरुलाई सरुवा...
काठमाडौ । आकर्षक मानिने उपत्यकाका नापी कार्यालयमा थमौती हुन र सरुवा हुन दुई प्रमुख नापी अधिकृत (उपसचिव)ले अस्वभाविक चलखेल गरेको पाइएको छ । उपत्यकाका नापी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend