Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भूमिब्यवस्था मन्त्री सवार गाडी मेलम्ची खोलामा फस्यो


    शनिबार, जेष्ठ १७ २०८२
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • सिन्धुपाल्चोक । भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको गाडी मेलम्ची खोलाको रातो पुलमा खोला तर्ने क्रममा फसेको छ ।

    मन्त्री सवार गाडी शनिवार दिउँसो सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका, शेरास्थित मेलम्ची खोलामा फसेको हो ।

    मन्त्री अधिकारी कार्यक्रममा सहभागी हुन जाने क्रममा गाडी खोलामा फसेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

    गाडी केहीवेर खोलामा अड्किएको भए पनि प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरिएको छ । प्रहरीले जनाएअनुसार मन्त्री अधिकारी सकुशल छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार