काठमाडौं । नेकपा (एमाले)का सांसद सूर्य थापाले ७८ लाख रुपैयाँ घुसको डिल गर्ने मन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिइसकेको र अडियोमा बोल्ने बिचौलियालाई छानबिनको दायरामा ल्याउनुपर्ने माग गरेका छन् । बिचौलिया जो जुन पार्टीमा भए पनि छानबिनको दायरामा ल्याउन माग गरेका छन् ।
कास्कीको बाटुलेचौरीमा रहेको थकाली समुदायको १ सय ५० रोपनी जग्गा हत्याउनका लागि सुजन लामाले मालपोत कार्यालय कास्कीका प्रमुख रामचन्द्र अधिकारीको सरुवा रोकाउन घुसको डिल गर्न परिचालन गरेको आरोप छ । लामा एमालेनिकट आदिबासी जनजाति महासंघ गण्डकी प्रदेशका महासचिव हुन् । उनी एमालेको गण्डकी प्रदेश कमिटीका सल्लाहकारसमेत हुन् । थापाले लामातर्फ नै संकेत गरी जो भए पनि कारबाहीको माग गरेका छन् ।
मन्त्रीले छानबिन सहज होस् भनेर राजीनामा दिइसकेपछि झोसपोलवाला, बिचौलियाधन्धाकर्मी, भ्रष्ट र ठगहरू कोही पनि छानबिनको दायराभन्दा बाहिर रहनु नहुने माग गरेका छन् । थापाले सामाजिक संजालमा लेखेका छन्–‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीबाट राजकुमार गुप्ताले राजीनामा दिनुको अर्थ यस बिषयको गम्भीरतालाई मध्यनजर गरी गम्भीर छानबिन हुनुपर्ने जनदबाबलाई स्वीकार गरिएको छ ।

यस प्रकरणमा विवादास्पद अडियोको आवाजमा कोको संलग्न रहेका छन् ? ती सक्कली हुन् कि नक्कली ? राज्यका अनुसन्धान गर्ने निकायहरूले अबिलम्ब काम थाल्नुपर्छ र सार्वजनिक अडियोमा जोसुकै बोलेको भए पनि नियन्त्रणमा लिइहालेर छानबिन गरी दुधको दुधर पानीको पानी छुट्याउनुपर्छ । दोषी ठहरिएका कसैले उन्मुक्ति पाउनुहुँदैन । झोसपोलवाला, बिचौलियाधन्धाकर्मी, भ्रष्ट र ठगहरू कोही पनि छानबिनको दायराभन्दा बाहिर रहनुहुँदैन ।
विषयको उठान आरोप–प्रत्यारोप र एक मन्त्रीको राजीनामा अनि फासफुस हुन र गर्नका लागि होइन, सुशासनको प्रत्याभूति गर्न हो ।’
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend