काठमाडौं । नेकपा (एमाले)का सांसद सूर्य थापाले ७८ लाख रुपैयाँ घुसको डिल गर्ने मन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिइसकेको र अडियोमा बोल्ने बिचौलियालाई छानबिनको दायरामा ल्याउनुपर्ने माग गरेका छन् । बिचौलिया जो जुन पार्टीमा भए पनि छानबिनको दायरामा ल्याउन माग गरेका छन् ।
कास्कीको बाटुलेचौरीमा रहेको थकाली समुदायको १ सय ५० रोपनी जग्गा हत्याउनका लागि सुजन लामाले मालपोत कार्यालय कास्कीका प्रमुख रामचन्द्र अधिकारीको सरुवा रोकाउन घुसको डिल गर्न परिचालन गरेको आरोप छ । लामा एमालेनिकट आदिबासी जनजाति महासंघ गण्डकी प्रदेशका महासचिव हुन् । उनी एमालेको गण्डकी प्रदेश कमिटीका सल्लाहकारसमेत हुन् । थापाले लामातर्फ नै संकेत गरी जो भए पनि कारबाहीको माग गरेका छन् ।
मन्त्रीले छानबिन सहज होस् भनेर राजीनामा दिइसकेपछि झोसपोलवाला, बिचौलियाधन्धाकर्मी, भ्रष्ट र ठगहरू कोही पनि छानबिनको दायराभन्दा बाहिर रहनु नहुने माग गरेका छन् । थापाले सामाजिक संजालमा लेखेका छन्–‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीबाट राजकुमार गुप्ताले राजीनामा दिनुको अर्थ यस बिषयको गम्भीरतालाई मध्यनजर गरी गम्भीर छानबिन हुनुपर्ने जनदबाबलाई स्वीकार गरिएको छ ।

यस प्रकरणमा विवादास्पद अडियोको आवाजमा कोको संलग्न रहेका छन् ? ती सक्कली हुन् कि नक्कली ? राज्यका अनुसन्धान गर्ने निकायहरूले अबिलम्ब काम थाल्नुपर्छ र सार्वजनिक अडियोमा जोसुकै बोलेको भए पनि नियन्त्रणमा लिइहालेर छानबिन गरी दुधको दुधर पानीको पानी छुट्याउनुपर्छ । दोषी ठहरिएका कसैले उन्मुक्ति पाउनुहुँदैन । झोसपोलवाला, बिचौलियाधन्धाकर्मी, भ्रष्ट र ठगहरू कोही पनि छानबिनको दायराभन्दा बाहिर रहनुहुँदैन ।
विषयको उठान आरोप–प्रत्यारोप र एक मन्त्रीको राजीनामा अनि फासफुस हुन र गर्नका लागि होइन, सुशासनको प्रत्याभूति गर्न हो ।’
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend