Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसदीय समितिमा आयोडिन नुनकाे गुणस्तरबारेमा छलफल हुने


    बिहिबार, असार २६ २०८२
    855
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । संघीय संसद अन्तर्गतका ५ वटा समितिको बैठक बस्दैछ ।

    संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछन् ।

    जसअनुसार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक दिउँसो १ः०० बजे बस्नेछ । जुन बैठकमा हाल उपभोगमा रहेको आयोडिनयुक्त नुनको गुणस्तर तथा यसको सहज र सर्वसुलभ आपूर्ति एवं वितरणका सम्बन्धमा छलफल गरिने भएको छ ।

    उता, सार्वजनिक लेखा समितिको बैठकमा भने २३औं वार्षिक प्रतिवेदन उपर छलफल गर्ने र पारित गर्ने योजना रहेको छ । सो समितिको बैठक पनि दिउँसो १ः०० बजे बस्नेछ ।

    साथै, विधायन व्यवस्थापन समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ । सो छलफल दिउँसो १ः०० बजेबाट सुरू हुनेछ ।

    कानुन, न्याय तथा मानव अधिकार समितिमा नेपाल कानुन ब्यावसायी परिषद (दोस्रो संसोधन) २०८१ को सबन्धमा कानुन ब्यावसायी परिषदसँग छलफल हुनेछ । जुन बैठक दिउँसाे १ः०० बजेवाट सुरू हुनेछ ।

    आजै अर्थ समितिका बैठक पहिलो र दोस्रो सत्र गरी दुइ दुइ पटक बस्नेछ । बिहान ११ः०० र दिउँसाे १ः०० बजे गरी साे बैठक बस्नेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार