काठमाडौं । संघीय संसद अन्तर्गतका ५ वटा समितिको बैठक बस्दैछ ।
संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछन् ।
जसअनुसार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक दिउँसो १ः०० बजे बस्नेछ । जुन बैठकमा हाल उपभोगमा रहेको आयोडिनयुक्त नुनको गुणस्तर तथा यसको सहज र सर्वसुलभ आपूर्ति एवं वितरणका सम्बन्धमा छलफल गरिने भएको छ ।
उता, सार्वजनिक लेखा समितिको बैठकमा भने २३औं वार्षिक प्रतिवेदन उपर छलफल गर्ने र पारित गर्ने योजना रहेको छ । सो समितिको बैठक पनि दिउँसो १ः०० बजे बस्नेछ ।
साथै, विधायन व्यवस्थापन समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ । सो छलफल दिउँसो १ः०० बजेबाट सुरू हुनेछ ।
कानुन, न्याय तथा मानव अधिकार समितिमा नेपाल कानुन ब्यावसायी परिषद (दोस्रो संसोधन) २०८१ को सबन्धमा कानुन ब्यावसायी परिषदसँग छलफल हुनेछ । जुन बैठक दिउँसाे १ः०० बजेवाट सुरू हुनेछ ।
आजै अर्थ समितिका बैठक पहिलो र दोस्रो सत्र गरी दुइ दुइ पटक बस्नेछ । बिहान ११ः०० र दिउँसाे १ः०० बजे गरी साे बैठक बस्नेछन् ।
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend