स्याङ्जा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी २०८४ को आमनिर्वाचनमा रवि लामिछानेलाई नै प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अगाडि सार्ने भएको छ । लामिछाने जेलमै भए पनि पार्टी सभापति र प्रधानमन्त्रीको उम्मेदवार उनी नै हुने घोषणा रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले गरेका छन् ।
डा. वाग्लेले पार्टी सभापति रवि लामिछाने कारागारमा रहे पनि आगामी महाधिवेशनमा सभापति र २०८४ को निर्वाचनमा बहुमत प्राप्त भएमा प्रधानमन्त्रीको उम्मेदवार रवि लामिछाने नै हुने बताएका छन् ।
वालिङ नगर समितिले शनिबार स्याङ्जामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै वाग्लेले भने–‘रवि लामिछानेलाई जेलमा राखे पनि हाम्रो सभापति उहाँ नै हुनुहुन्छ । ०८४ मा हामीले बहुमत ल्यायौँ वा सबैभन्दा ठुलो दल भयौँ भने प्रधानमन्त्रीको उम्मेदवार पनि रवि लामिछाने नै हुनुहुनेछ ।’
डा. वाग्लेले सत्तारुढ दलहरूले रास्वपालाई अदालतमा अल्झाएर कमजोर बनाउने प्रयास गरिरहेको आरोप लगाए । ‘उनीहरूलाई लाग्छ, रविलाई अदालतमा अल्झाएर हराउन सकिन्छ। तर, उहाँ चाँडै काठमाडौं सरुवा हुँदै हुनुहुन्छ। हाम्रो संवाद र रणनीति झन् सशक्त हुनेछ’ वाग्लेले भने ।
उनले रास्वपाले कुनै पनि राजनीतिक सौदाबाजी नगर्ने स्पष्ट पार्दै पार्टी आफ्नो सिद्धान्त र लक्ष्यमा अडिग रहने बताए । कार्यक्रममा वाग्लेले कार्यकर्ताहरूलाई एकजुट भएर अगाडि बढ्न र पार्टीको सन्देश जनतामाझ र्पुयाउन आह्वान गरे ।
रास्वपाका नेताहरु मिसन ०८४ कै सन्दर्भमा देशब्यापी जागरणमा जिल्ला जिल्लामा पुगेका छन् । सभापति लामिछाने निर्दोष भए पनि सरकारले अन्यायपूर्ण रुपमा जेलमा हालेको रास्वपा नेताहरुले जनसमक्ष राख्दैआएका छन् ।
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौँ। सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गरेको छ। आज (शुक्रबार)बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। यसअघि उनले...
काठमाडौँ। सरकारले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बैठकले गरेका प्रमुख निर्णयबारे जानकारी दिएका हुन्। प्रधानमन्त्री तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend