Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • बजेटअघि करका दर हेरफेरको सूचना चुहाउँदा २७०० बिजुली गाडी आयात : २ अर्ब कमिसनको खेल


    शनिबार, जेष्ठ २३ २०८३
    980
    Shares
    नेपाल फेस
  • ५ मिनेट पाठ
  • काठमाडौं । बजेट भाषणअघि नै करका दर हेरफेर हुने सूचना चुहिएपछि बीआईडीदेखि डिपल र काईय ब्रान्डलगायतका करिब २ हजार ७ सय बिजुली गाडी (ईभी) भित्रिएका छन् ।

    बजेट भाषण अघि अर्थमन्त्रालयको कर्मचारी संयन्त्रबाट नभई राजनीतिक तहबाट करका दर हेरफेर हुने सूचना चुहिएपछि बिभिन्न २६ वटा ब्रान्डका २ हजार ७ सय ईभी भित्रिएको तथ्य बाहिरिएपछि रास्वपाका विज्ञ अर्थमन्त्री डा. स्वर्णिम वाग्ले नै शंकाको घेरामा परेका छन् । बजेट अघि सूचना चुहाएर राष्ट्रलाई अर्बौं घाटा पुर्याउने र ब्यापारीलाई फाइदा पुर्याउनेको पहिचान गर्न प्रधानमन्त्री कार्यालयले छानबिन गर्न कमिटी गठन गरेको छ ।

    बजेट भाषणअघि सबैभन्दा बढी ७ सय ७४ वटा बीआईडी गाडी साइमेक्स इंकले भित्र्याएको छ । कोरला र रसुवा भन्सार नाका प्रयोग गरी साइमेक्स इंकले बजेट भाषणअघि ती गाडी भित्र्याएको तथ्य सार्वजनिक भएको छ । मोरङ अटोवक्र्सले बीरगञ्ज नाकाबाट २ सय ७० वटा डिपल गाडी बजेट भाषणअघि भित्र्याएको छ ।

    साईमेक्स इंकमा देखावटी रुपमा यमुना श्रेष्ठ हर्ताकर्ता भए पनि त्यसमा चिनियाँदेखि बिभिन्न हाईप्रोफाइलहरुको लगानी रहेको बताइन्छ । काईय ब्रान्डका ईभी गाडी उद्योग बाणिज्य महासंघका अध्यक्ष अन्जनकुमार श्रेष्ठको कम्पनीले बजेट भाषणको ठीक अगाडि रसुवा नाकाबाट भित्र्याएको तथ्य खुलेको छ ।

    साइमेक्सले भित्र्याएका गाडीबाट मात्रै १ अर्ब ९२ करोड करछली भएको तथ्य बाहिरिएको छ । अरु २ हजार ईभीले गरेको करछलीको रकम ३ अर्ब भन्दा माथि हुन आउँछ । बजेटअघि करका दर हेरफेर हुने सूचना चुहाएर ४ अर्बकै हाराहारी करछली गरेको डरलाग्दो तथ्य बाहिरिएपछि प्रधानमन्त्री कार्यालयले छानबिन समिति बनाउन बाध्य भएको छ ।

    यसरी ईभी गाडीमा करका दर हेरफेर हुने सूचना चुहाएको आरोप अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि लागेको छ । ईभी गाडीमा करका दर हेरफेर हुने सूचना चुहाएर अर्थमन्त्री वाग्लेले २ अर्ब रुपैयाँ राज्यलाई हानी पुर्याई ब्यापारीलाई फाइदा पुर्याउने काम गरेको आरोप छ ।

    बिगत बर्षहरुमा अर्थमन्त्रालयका कर्मचारी तहबाट सूचना चुहिने गरेको भए पनि यो बर्ष भने भने बजेटअघि अर्थमन्त्रीकै तहबाट सूचना चुहिएको आशंका गरी प्रधानमन्त्री कार्यालयले चासोका साथ भन्सार विभागका महानिर्देशक श्याम भण्डारीको नेतृत्वमा प्रहरी, अर्थ मन्त्रालयका प्रतिनिधि र सशस्त्र तथा नेपाल प्रहरीका अधिकारी रहेको छानबिन समिति बनाएको छ । जुन समितिले बजेट भाषणअघि सूचना कसरी चुहियो र ईभी गाडीहरु ठूलो संख्यामा नेपाल भित्रिए भन्ने छानबिन गर्ने जिम्मेवारी पाएको छ । समितिले जेठ १४ गतेको हाराहारीमा भित्र्याइएका गाडीमाथि छानबिन गर्नेछ ।

    गाडी आयातकर्ता कम्पनीलाई बजेटभन्दा अघि नै सूचना चुहाएको आरोप पुष्टि भएमा अर्थमन्त्री वाग्लेलाई श्रम तथा रोजगार मन्त्री दीपककुमार साहलाई जस्तै पदमुक्त गर्ने तयारीमा प्रधानमन्त्री कार्यालय रहेको छ । अर्थमन्त्री वाग्ले रास्वपा सभापति रवि लामिछानेका निकट मानिन्छन् । तर गाडी आयातमा सूचना लिक गराएको आरोप पुष्टि हुनेगरी समितिले रिपोर्ट दिएमा रविले समेत उनलाई पदमुक्त हुनबाट बचाउन कठिन हुनेछ ।

    आयातित सवारी साधनको किलोबाट घटाएर राजस्व छली गरेको खुलेपछि बीवाईडी गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंक र मोरङ अटो वक्र्समाथि छानबिन भइरहेको छ ।

    साइमेक्स इंक, एमएडब्लुसहितका २६ वटा ब्रान्डका गाडी आयातकर्ता कम्पनीले इलेक्ट्रोनिक गाडीहरुमा किलोवाटको आधारमा नभई मूल्यको आधारमा भन्सार लगाउने गरी आर्थिक विधेयक ल्याउने अर्थमन्त्री स्वर्णिम वाग्लेको संकेतपछि गाडी नआउँदै भन्सार पास गराएको थियो ।

    साइमेक्स इंकले बजेटअघि नै भन्सार पास गराउँदा प्रतिगाडी २५ लाखका दरले सात सय ७४ वटा गाडीमा हुने १ अर्ब ९२ करोडभन्दा माथि करछली गरेको छ । साइमेक्स इंकले नेपालमा इलेक्ट्रोनिक गाडीको मोटर क्षमता जाँच गर्ने उपकरण नभएको र स्वघोषणा गरी गाडी ल्याउन पाइने यसअघिको व्यवस्थामा समेत भन्सारमा अन्डर इन्भ्वाइस गरेर गाडी ल्याउने र महंगोमा बेच्ने गर्दै आएको छ । बजेटअघि करका दर हेरफेरको सूचना चुहाएर २ अर्ब रुपैयाँको कमिसनको खेल भएको स्रोतको दाबी छ ।

    बीवाईडीले मात्र होइन, डिपलदेखि सबै ब्रान्डका गाडीले किलोवाटको आधारमा नभई मूल्यका आधारमा भन्सार लगाउनुपर्ने भन्दै अन्डर इन्भ्वाईस गरी राजस्व छली गर्दै गाडी ल्याउने र उपभोक्तालाई महंगोमा गाडी बिक्री गर्दैआएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार