काठमाडौं । बजेटअघि करका दर हेरफेर हुने सूचना चुहावट गरी बिवाईडी, डिपलसमेत २ हजार ७ सय बिजुली गाडी(ईभी) भित्र्याउन सहयोग गरी अरबौं राजस्व हिनामिना गर्न सहयोग गरेको आरोप लागेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बूढानीलकण्ठ स्कुललाई १५ करोड रुपैयाँ अनुदान दिएको खुलेको छ ।
अर्थमन्त्री वाग्लेले अध्ययन गरेको उक्त विद्यालयलाई १५ करोड रुपैयाँ अनुदान दिएका छन् । नियमित अनुदानबाहेक उक्त स्कूललाई मन्त्री वाग्लेले थप १५ करोड ५० लाख रुपैयाँ अनुदान दिएका छन् । मन्त्री वाग्लेले आफ्नै हात जगन्नाथ भनेझैं बुढानीलकन्ठ स्कुललाई थप १५ करोड अनुदान दिएका छन् ।
कतिपय सामुदायिक बिद्यालयमा शिक्षक अभाव भएर राम्रोसँग अध्यापन हुनसकेको छैन । सीमित स्रोत साधनका बाबजुद गुणस्तरीय शिक्षा प्रदान गर्दैआएका सामुदायिक बिद्यालयलाई प्रोत्साहन गर्नुपर्नेमा पहुँचवालाका छोराछोरी अध्ययन गर्ने बूढानीलकण्ठ स्कुललाई अर्थमन्त्रीले राष्ट्रको ढुकुटीबाट १५ करोड अनुदान दिएका छन् । विगतका सरकारमाथि बजेट बितरणमा मनपरी गरेको आरोप लगाउँदैआएका मन्त्री वाग्लेले उनीहरुलाई समेत माथ गर्दै आफैंले पढेको स्कुललाई अनुदानमाथि अनुदान थप गरी पोसेका छन् ।
शिक्षा तथा खेलकुद मन्त्रालयको बजेटमा बूढानीलण्ठ स्कुललाई नियमित छात्रवृत्ति अनुदानबापत ६ करोड अनुदान छुट्याइएको थियोे । त्यसबाहेक मन्त्री वाग्लेले थप १५ करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेका छन् । मन्त्री वाग्लेले १५ करोड रुपैयाँ अनुदान दिएपछि पूर्वविद्यार्थीको संगठन बूढानीलकण्ठ अल्मुनाई र उनीनिकटका कर्मचारी खुसी भएका छन् । आफ्नै हात जगन्नाथ भनेझैँ अर्थमन्त्री वाग्लेले आफू पढेकै विद्यालयलाई औचित्यबिना यति धेरै अनुदान दिएको विषय सर्वत्र चर्चा भएको छ ।
मन्त्री वाग्लेले प्रस्तुत गरेको बजेटमा गण्डकी आवासीय माध्यमिक विद्यालयलाई छात्रवृत्ति अनुदानबापत २ करोड, स्वर्गद्वारी आश्रमलाई ५ लाख, काशी हिन्दु विश्व विद्यालयमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने नेपाली चेयरको सुविधाबापत ६० लाख रुपैयाँ बजेट छुट्याइएको छ ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend