काठमाडौं । बजेटअघि करका दर हेरफेर हुने सूचना चुहावट गरी बिवाईडी, डिपलसमेत २ हजार ७ सय बिजुली गाडी(ईभी) भित्र्याउन सहयोग गरी अरबौं राजस्व हिनामिना गर्न सहयोग गरेको आरोप लागेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बूढानीलकण्ठ स्कुललाई १५ करोड रुपैयाँ अनुदान दिएको खुलेको छ ।
अर्थमन्त्री वाग्लेले अध्ययन गरेको उक्त विद्यालयलाई १५ करोड रुपैयाँ अनुदान दिएका छन् । नियमित अनुदानबाहेक उक्त स्कूललाई मन्त्री वाग्लेले थप १५ करोड ५० लाख रुपैयाँ अनुदान दिएका छन् । मन्त्री वाग्लेले आफ्नै हात जगन्नाथ भनेझैं बुढानीलकन्ठ स्कुललाई थप १५ करोड अनुदान दिएका छन् ।
कतिपय सामुदायिक बिद्यालयमा शिक्षक अभाव भएर राम्रोसँग अध्यापन हुनसकेको छैन । सीमित स्रोत साधनका बाबजुद गुणस्तरीय शिक्षा प्रदान गर्दैआएका सामुदायिक बिद्यालयलाई प्रोत्साहन गर्नुपर्नेमा पहुँचवालाका छोराछोरी अध्ययन गर्ने बूढानीलकण्ठ स्कुललाई अर्थमन्त्रीले राष्ट्रको ढुकुटीबाट १५ करोड अनुदान दिएका छन् । विगतका सरकारमाथि बजेट बितरणमा मनपरी गरेको आरोप लगाउँदैआएका मन्त्री वाग्लेले उनीहरुलाई समेत माथ गर्दै आफैंले पढेको स्कुललाई अनुदानमाथि अनुदान थप गरी पोसेका छन् ।
शिक्षा तथा खेलकुद मन्त्रालयको बजेटमा बूढानीलण्ठ स्कुललाई नियमित छात्रवृत्ति अनुदानबापत ६ करोड अनुदान छुट्याइएको थियोे । त्यसबाहेक मन्त्री वाग्लेले थप १५ करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेका छन् । मन्त्री वाग्लेले १५ करोड रुपैयाँ अनुदान दिएपछि पूर्वविद्यार्थीको संगठन बूढानीलकण्ठ अल्मुनाई र उनीनिकटका कर्मचारी खुसी भएका छन् । आफ्नै हात जगन्नाथ भनेझैँ अर्थमन्त्री वाग्लेले आफू पढेकै विद्यालयलाई औचित्यबिना यति धेरै अनुदान दिएको विषय सर्वत्र चर्चा भएको छ ।
मन्त्री वाग्लेले प्रस्तुत गरेको बजेटमा गण्डकी आवासीय माध्यमिक विद्यालयलाई छात्रवृत्ति अनुदानबापत २ करोड, स्वर्गद्वारी आश्रमलाई ५ लाख, काशी हिन्दु विश्व विद्यालयमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने नेपाली चेयरको सुविधाबापत ६० लाख रुपैयाँ बजेट छुट्याइएको छ ।
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend