काठमाडौं । एमाले नेतृ तथा राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीले बजेटअघि करका दर हेरफेरको सूचना चुहाएर २ हजार ७ सय बिजुली गाडी आयात गरी अरबौं हेराफेरी गरेको बिषयमा संसदीय छानबिन हुनुपर्ने माग गरेकी छन् ।
विगतमा विपक्षमा हुँदा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट र बजेटका बारेमा बोलेका भिडियोहरु छ्याप्छ्याप्ती रहेको उल्लेख गर्दै अरुले गरेको आर्थिक अपराध, संगठित अपराध, प्रणाली खरिद गरेको मानिने तर अहिले वाग्ले अर्थमन्त्री हुँदा आर्थिक अपराध ‘नयाँ’को नाममा केही होइन, यस्तै हुन्थ्यो भनेर चुप बसिदिनुपर्ने भनेर झाँक्रीले प्रश्न गरेकी छन् ।
उनले सामाजिक संजालमा लेखेकी छन्–‘अर्थमन्त्री स्वर्णिम वाग्लेज्यू , हिजो जे जे बेथिति थिए भन्नुहुन्छ नि, तपाईं Power Politics को नजिक र राज्यको संयन्त्रमै हुदा जस्तोः योजना आयोगको सदस्य र उपाध्यक्ष हुदै गर्दा त्यो प्रणालीभित्रको चलायमान र जान्ने खेलाडी हो ।
तपाईं बिपक्ष बेन्चमा हुँदा बजेट र बजेटबारे बोलेका भिडियोहरू छ्यापछ्याप्ती भेटिन्छन् । अरू कसैले गरेको आर्थिक अपराध, संगठित अपराध, प्रणाली खरिद गरेको मानिने तर तपाईं अर्थमन्त्रीको हैसियतले गरेको यो आर्थिक अपराध “नयाँ” को नाममा केही होइन, यस्तै हुन्थ्यो भनेर चुप बसिदिनुपर्ने हो ? अनि छानविन ? दुधको साक्षी बिरालो ? तपाईंले नै तपाईले गरेको अपराध र देशद्रोही कदमको कर्मचारीमाथि छानविन गराउने ? तपाईले के बोल्नुभएको थियो बिगतमा यसो विचार गर्नु त ?
हुँदैन । तपाईलाई आरोप लाग्यो। तपाईमाथि प्रश्न उठ्यो, तपाईमाथि नै छानबिन हुनुपर्छ । तर तपाईंले छानविन गराउने होइन । तपाईमाथिको छानबिन संसदले वा संसदले बनाएको समितिले गर्नसक्छ र गर्नुपर्छ ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend