काठमाडौं । एमाले नेतृ तथा राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीले बजेटअघि करका दर हेरफेरको सूचना चुहाएर २ हजार ७ सय बिजुली गाडी आयात गरी अरबौं हेराफेरी गरेको बिषयमा संसदीय छानबिन हुनुपर्ने माग गरेकी छन् ।
विगतमा विपक्षमा हुँदा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट र बजेटका बारेमा बोलेका भिडियोहरु छ्याप्छ्याप्ती रहेको उल्लेख गर्दै अरुले गरेको आर्थिक अपराध, संगठित अपराध, प्रणाली खरिद गरेको मानिने तर अहिले वाग्ले अर्थमन्त्री हुँदा आर्थिक अपराध ‘नयाँ’को नाममा केही होइन, यस्तै हुन्थ्यो भनेर चुप बसिदिनुपर्ने भनेर झाँक्रीले प्रश्न गरेकी छन् ।
उनले सामाजिक संजालमा लेखेकी छन्–‘अर्थमन्त्री स्वर्णिम वाग्लेज्यू , हिजो जे जे बेथिति थिए भन्नुहुन्छ नि, तपाईं Power Politics को नजिक र राज्यको संयन्त्रमै हुदा जस्तोः योजना आयोगको सदस्य र उपाध्यक्ष हुदै गर्दा त्यो प्रणालीभित्रको चलायमान र जान्ने खेलाडी हो ।
तपाईं बिपक्ष बेन्चमा हुँदा बजेट र बजेटबारे बोलेका भिडियोहरू छ्यापछ्याप्ती भेटिन्छन् । अरू कसैले गरेको आर्थिक अपराध, संगठित अपराध, प्रणाली खरिद गरेको मानिने तर तपाईं अर्थमन्त्रीको हैसियतले गरेको यो आर्थिक अपराध “नयाँ” को नाममा केही होइन, यस्तै हुन्थ्यो भनेर चुप बसिदिनुपर्ने हो ? अनि छानविन ? दुधको साक्षी बिरालो ? तपाईंले नै तपाईले गरेको अपराध र देशद्रोही कदमको कर्मचारीमाथि छानविन गराउने ? तपाईले के बोल्नुभएको थियो बिगतमा यसो विचार गर्नु त ?
हुँदैन । तपाईलाई आरोप लाग्यो। तपाईमाथि प्रश्न उठ्यो, तपाईमाथि नै छानबिन हुनुपर्छ । तर तपाईंले छानविन गराउने होइन । तपाईमाथिको छानबिन संसदले वा संसदले बनाएको समितिले गर्नसक्छ र गर्नुपर्छ ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend