काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका स्वकीय उपसचिव एवम् जनसम्पर्क सल्लाहकार नवीन ढुंगानाले बजेट घोषणा हुने केही दिनअघि केही भन्सार नाकाबाट विद्युतीय कारको भन्सार जाँचपास भएको सन्दर्भमा भएका टिकाटिप्पणी र त्यसमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई जोडेर भएका अफवाह र चरित्रहत्याको कार्यप्रति खेद प्रकट गरेका छन् ।
ढुंगानाले सामाजिक संजालमा लेखेका छन्–‘रसुवागढी नाकामा भन्सारबिन्दुमै नआएका सवारी साधनको भन्सार जाँचपास भएको भन्ने सन्दर्भमा अर्थमन्त्रालयले गठन गरेको छानबिन समितिले गरेको सिफारिसअनुसार जेठ २० गते थप अनुसन्धानका लागि रसुवागढी भन्सार नाकाका प्रमुख भन्सार अधिकृतसहित ९ जना कर्मचारीलाई जिम्मेवारीमुक्त गरेर भन्सार विभाग तानिएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
यस्तै, मुस्ताङको कोरोला नाकाबाट भन्सार जाँचपास भएका कारका सन्दर्भमा पनि अर्थमन्त्रालयले गठन गरेको छानबिन समितिले स्थलगत रुपमा छानबिन प्रक्रिया अगाडि बढाइरहेको जानकारी गराइन्छ ।
अर्थमन्त्रालय र भन्सार विभागका उपसचिवद्वयसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको अनुसन्धान टोली यतिबेला पनि फिल्डमै हुनुहुन्छ ।
प्रारम्भिक रुपमा भन्सार छलीको आशङ्कामा सुरक्षाकर्मीको सहायतामा नियन्त्रणमा लिइएका कार र आयातकर्ता कम्पनीमाथि अनुसन्धान चलिरहेको छ । यसको विस्तृत विवरण आउने नै छ ।
तर, छानबिन चलिरहेकै बेला माननीय अर्थमन्त्री र मन्त्रालयका जिम्मेवार अधिकारीहरूको चरित्रहत्या गर्ने, समाजमा गलत भाष्य स्थापित गराइदिने, बजेटलाई विवादमा पारिदिने जस्ता उद्देश्य बोकेर भएका प्रचारबाजी तथा मिडिया ट्रायलप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।
यस्तो कार्यमा संलग्न केहीमाथि कानुनी उपचारको प्रक्रिया सुरु गरिसकिएको छ भने केहीमाथि कानुनी उपचार खोजिने चरणमा छ ।
माननीय अर्थमन्त्री र मन्त्रालयसँग सम्बन्धित विषयमा विचार बनाउँदै गर्दा एक पटक जिम्मेवार अधिकारीसँग सत्यतथ्य सोध्न, अर्थतन्त्र, बजेट, भन्सार जस्ता प्राविधिक विषय र यसको प्रक्रियामा सत्य जानकारी राखिदिन वा तथ्यले पुष्टी गरेर मात्रै समाचार सामग्री बनाई दिन हामी सम्बन्धित सबै पक्षसँग अनुरोध गर्दछौँ ।’
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend