Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रतिनिधिसभा बैठक बस्दै


    शुक्रबार, जेष्ठ २३ २०८२
    890
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

    संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः०० बजे बोलाइएको छ।

    लामो समयपछि हिजो बसेको बैठकमा प्रतिपक्षी दलहरूले अवरोध गरे पछि प्रकिया नै अघि बढन सकेको थिएन ।

    भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै प्रतिपक्षी दलले हिजो पनि उनीहरूले संसदमा अबरोध गरेका हुन् ।

    पटक पटक स्थगित हुदैँ आएको हिजोको बैठक सुरू हुनासाथ प्रतिपक्षीले उठेर अवरोध गरे पनि सभामुख देवराज घिमिरेले दलीय आधारमा बोल्न दिने भन्दै बस्न आग्रह गर्दा पनि प्रतिपक्षीले सो प्रस्ताव स्वीकार गरेका थिएनन् ।

    त्यस पछि बैठकमा अबरोध कायमै भए पछि सभामुख घिमिरेले आज दिउँसो १ः०० बजेसम्मलाई बैठक स्थगित गरेका थिए ।

     

    बैठकमा उपप्रधान तथा गृह मन्त्री बिष्णुप्रसाद पौडेलले आर्थिक बर्ष २०८२८३ का लागि पेश गरेको बजेटका बारेमा छलफल गर्ने कार्यसुची रहेको छ तर निरन्तर अबरोध र स्थगितले बजेट माथी छलफल हुन नै सकेको छैन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार