Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नारायणीमा बेपत्ता युवकको खोजी गर्न सशस्त्र प्रहरीका गोताखोर परिचालन


    मंगलबार, जेष्ठ ६ २०८२
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • नारायणगढ । जेठ ६ गते नारायणी नदीमा खुट्टा धुने क्रममा चिप्लिएर बेपत्ता भएका युवकको खोजी कार्यका लागि सशस्त्र प्रहरी बल नेपालले गोताखोर परिचालन गरेको छ ।

    चितवन जिल्लाको भरतपुर महानगरपालिका–१ पोखरा बसपार्कस्थित नारायणी नदिमा पूर्वी नवलपरासी जिल्लाको देवचुली नगरपालिका–१४ बस्ने २७ बर्षीय सचिन कार्की बेपत्ता भएका हुन् ।

    बेपत्ता भएलगत्तै उनको खोजीकार्यका लागि सशस्त्र प्रहरी बल, नेपाल नं १७ गण चितवनबाट सशस्त्र प्रहरी सहायक निरीक्षकको कमाण्डमा ५ जना गोताखोरसहित १६ जना विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज परिचालन भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार