Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संघीय संसदका तीन समितिको बैठक बस्दै


    शुक्रबार, चैत्र ८ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं  । आज संघीय संसदका तीन समितिको बैठक बस्दैछ ।

    तीनवटै समितिको बैठक सिंहदरवारस्थित कार्यालयमा बस्नेछन् ।

    जसअनुसार अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल हुनेछ । जुन बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ ।

    शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा भने तीनवटा अजेन्डामा छलफल हुनेछन्  । समिति अन्तर्गतका उपसमितिहरुमा सदस्य थप तथा हेरफेर, विद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा उपसमिति गठन र शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल हुने जनाइएको छ । जुन बैठक ११ः०० बजेवाट सुरू हुनेछ ।

    साथै, सार्वजनिक लेखा समितिको बैठकमा भने समितिमा प्राप्त उजुरी उपर छलफल सम्बन्धमा हुनेछ । लेखा समितिले यसअघि नै १०० वटा उजुरी सार्बजनिक गरिसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार