Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज अर्थ र विधायन व्यवस्थापन समितिको बैठक बस्दै


    मंगलबार, फाल्गुन २० २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । आज संघीय संसद अन्तर्गतको अर्थ समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।

    प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिको बिहान ११ बजे बस्ने बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफलको कार्यसूची रहेको छ ।

    त्यस्तै राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको अपराहन्न १ बजे बस्ने बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा पानीजहाज कार्यालय समद्ध पदाधिकारीसँग छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार