काठमाडौं । गृहमन्त्री रमेश लेखकको राजनीतिक हस्तक्षेपले नेपाल प्रहरीको एसएसपी बढुवा बिलम्ब हुँदैगएको छ । गृहमन्त्री लेखकले चरम राजनीतिक हस्तक्षेप गर्दै कनिष्ट एसपीहरुलाई एसएसपी बढुवा गर्न दबाब दिइरहेका छन् ।
गृहमन्त्री समग्र देशकै हुन नसक्दा प्रहरीमा राम्रा र ब्यवसायिक अधिकृतहरुलाई बढुवाबाट बन्चित गर्ने चलखेल भइरहेको छ । सुरक्षाफौजमा बरिष्ठताको ठूलो अर्थ हुन्छ । तर गृहमन्त्री लेखकले रिक्त २५ एसएसपीमा वरियतामा निकै जुनियर एसपीलाई बढुवा गर्न दबाब दिंदै बरिष्ठ र क्षमतावानहरुलाई अन्याय गर्न लागेका छन् । आफ्ना नातागोता र जिल्ला र प्रदेशकाहरुलाई जुनियर भए पनि बढुवा गर्न उनले दबाब दिएकाले एसएसपी बढुलामा बिलम्ब भएको गृहमन्त्रालय स्रोत बताउँछ ।
पहिलो र दोस्रो टोलीका ३८ जना एसपी एसएसपी बढुवाको प्रतिस्पर्धामा छन् । बिमल बस्नेत कारबाहीमा छन् । उनीबाहेकै पहिलो र दोस्रो समूहकै १२ जना बढुवामा नअटाउने अवस्था विद्यमान हुँदाहुँदै गृहमन्त्री लेखकले तेस्रो र चौथो टोलीका एसपीलाई बढुवा गर्न आईजीपी बसन्तबहादुर कुँवरलाई दबाब दिंदा एसएसपी बढुवा अलपत्र परेको छ । बरिष्ठता र कार्यक्षमताका आधारमा पनि ३७ जनाभित्रैबाट पर्याप्त हुँदाहुँदै तेस्रो र चौथो टोलीका केही जुनियर एसपीहरु राजनीतिक रुपमा कोही राष्ट्रपति त कोही गृहमन्त्री, गृहमन्त्रालयका सचिव र मुख्यसचिवसम्मको पहुँच प्रयोग गरी एसएसपी बढुवा हुने दौडमा लाग्दा बढुवा अलपत्र परेको बताइन्छ ।
गृहमन्त्री लेखक तेस्रो टोलीका एसपीहरु पदम बिष्ट, योगेन्द्रसिंह थापा, श्यामसिंह चौधरी र चौथो टोलीबाट चक्रराज जोशी र जनक शाहीलाई एसएसपी बढुवा गर्नैपर्ने अड्डी कसेर बसेका छन् । योगेन्द्रसिंह थापा गृहमन्त्रीका नातेदार भएको र बिष्ट, चौधरी, जोशी र शाही जिल्लाबासी भएकाले चुनाव जित्नका लागि उनीहरुलाई बढुवा गर्नैपर्ने दबाब गृहमन्त्रीले दिंदा आईजीपी चेपुवामा परेका छन् । आईजीपी कुँवर पहिलो र दोस्रोमात्र बढुवा गर्नुपर्छ, तेस्रोमा जाँदा नै प्रहरीभित्र ठूलो असन्तुष्टि प्रकट हुन्छ भन्ने चिन्तामा आईजीपी छन् । अभिभावक हुनुपर्ने र न्याय गर्नुपर्ने गृहमन्त्रीले नै जुनियरहरुलाई बढुवा गर्न दबाब दिंदा बरिष्ठता र कार्यक्षमतामा अब्बल अधिकृतहरुमाथि अन्याय हुने भएको छ ।
रिक्त २५ एसएसपीका लागि ०५३ मा राष्ट्रिय अनुसन्धान विभागबाट आएका बिमल बस्नेत कारबाहीमा परेकाले उनी बढुवा हुने छैनन् । ०५६ मा भर्ना भएका ११२ टोली र ०५८ मा सेवाप्रवेश गरेकाहरु नै ३७ जना बढुवाका दाबेदार छन् । ०५६ मा भर्ना भएका गोविन्द अधिकारी, बिनोद सिलवाल, बिमलराज कँडेल, तुलबहादुर कार्की, राकेश सिंह र राजीवबहादुर बस्नेतसहित ६ जना छन् । उनीहरुका ब्याची डीआईजी हुन लागिसकेका छन् । उनीहरु एसपीमै छन् ।
०५८ मा सेवा प्रवेश गरेका ११४ टोलीका १७ जना एसपी बढुवाका दाबेदार छन् । ०७६ फागुन ३ मा बढुवा भएको यो टोलीका एसपीहरुमा रमेश थापा, प्रकाश रामनाभाट, कमल थापा, जनार्दन जीसी, कृष्णप्रसाद कोइराला, सन्तोष खड्का, अनुपमसमशेर जबरा, श्यामकुमार महतो, कृष्ण पँगेनी, अजय केसी, नवराज अधिकारी, वीरबहादुर बुढामगरसहित १७ जना छन् ।
११४ टोलीकै एसपीहरु होविन्द्र बोगटी, बेद बिष्ट, सन्तोषसिंह राठौर, शिवकुमार श्रेष्ठ, शान्तिराज कोइराला, संजयसिंह थापा, महेन्द्र खड्का, दीपक पोखरेल, प्रभु ढकाल, सन्तोष भट्टराई, प्रकाश मल्ल एसएसपी बढुवाका दाबदोर छन् ।
०५५ मा राष्ट्रिय अनुसन्धान विभागबाट आएका केदार खनाल र ११४ टोलीकै ज्ञानेन्द्र फुँयाल, दीपेन्द्र शाही पनि बढुवाका दाबेदार छन् । २०५५ मै राअबाट आएको रामप्रकाश साह पनि छन् । २०५५ मै सेवा प्रवेश गरेका एसपीहरु प्रवीण धिताल, डीएन ज्ञवाली, राजेन्द्रप्रसाद धमला पनि बढुवाका दाबेदार हुन् । उनीहरु २०७७ बैशाख १७ मा एसपी बढुवा भएका हुन् ।
गृहमन्त्री लेखक संघीय सरकारको गृहमन्त्रीको रुपमा नभएर सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला मन्त्रीकै रुपमा प्रस्तुत हुन लागेका छन् । गृहमन्त्रीले तेस्रो र चौथो समूहकालाई बढुवा गर्न दबाब दिइरहेका छन् । तेस्रो टोलीका एसपी सुवास बोहराले राष्ट्रपति रामचन्द्र पौडेलबाट दबाब दिन लगाउँदैआएका छन् ।
भुवनेश्वर तिवारीले मुख्यसचिव एकनारायण अर्यालको भिटो लगाइरहेका छन् । तेस्रो लटकै केही एसपीले गृहसचिव गोकर्णमणि दुवाडीमार्फत् बढुवाको लबिईङ गरिरहेका छन् । अर्का जुनियर एसपी प्रजित केसी साम दाम सबै प्रयोग गरेर दौडेका छन् ।
यस्तो राजनीतिक खिचातानीमा शक्तिकेन्द्रमा पहुँच नहुनेहरु बरिष्ठ र योग्य भए पनि बढुवामा छुट्ने भएका छन् । तेस्रो टोलीका सबै लागेपछि अन्तिम वरियतामा रहेका एसपी वीरेन्द्र शाही पनि बढुवामा दौडेका छन् ।
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend