काठमाडौं । नेपाल प्रहरीमा लेखाअधिृकत र लेखापाल सरुवाको लागि दौडधूप सुरु भएको छ । प्रहरीभित्र लेखाको सरुवामा ठूलो दबाब र प्रभावले काम गर्ने गरेको छ ।
प्रहरीका एकेडेमी, उपत्यका ट्राफिक कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी) र प्रहरी अस्पतालका लेखाअधिकृतको २ बर्ष पुगिसकेको छ । यी चारै ठाउँमा लेखाअधिकृत हुनका लागि चर्को दौडधूप भइरहेको छ ।
आईजीपी दानबहादुर कार्की आगामी असार २१ गते एक कार्यक्रममा भाग लिन अमेरिका जाने भएकाले त्यसअघि नै लेखाको सरुवा गर्नका लागि आन्तरिक लेखापरीक्षण शाखाले मापदण्ड अनुसारको सूची बनाइसकेको छ । अब त्यो सूची आईजीपी कार्कीकोमा पुगेर फाइनल भएपछि लेखाको सरुवा हुनेछ ।
विगतमा प्रधानमन्त्री कार्यालय, गृहमन्त्री, सचिवदेखि प्रहरी महाशाखाको प्रमुख(सहसचिव)हरुले समेतको दबाब लेखाको सरुवामा पर्ने गरेको थियो । तर यसपटक बालुवाटारदेखि गृहमन्त्रालय कतैबाट पनि लेखाको सरुवामा दबाब पर्ने अवस्था देखिंदैन । शक्तिकेन्द्रको दबाब नपर्ने भएकाले आईजीपी कार्कीले लेखाको सरुवा निष्पक्षतापूर्वक गर्न पाउनेछन् ।
गतबर्ष दाजुको आडमा बरिष्ठ सई रुपक थापाले लेखाको सरुवामा ब्यापक चलखेल गरेको चर्चा भएको थियो । यो बर्ष लेखापालको सरुवा निष्पक्ष हुने अपेक्षा प्रहरीमा गरिएको छ । तर यमकला केसी नामक महिलाले आईजीपी कार्की र उनका निकटस्थहरुको नाममा लेखाको सरुवामा मोलतोल गरिरहेको स्रोतको दाबी छ । स्रोतका अनुसार एक जिल्लाका प्रहरी अधिकृतकी श्रीमतीसमेत रहेकी उनैले लेखाको सरुवाको डिल गरिरहेकी छन् ।
विगतमा महालेखा परीक्षक बिष्णुबहादुर केसी, उपमहालेखा परीक्षक बद्रीबहादुर कार्कीदेखि बिभिन्न नेता, मन्त्री, गृहका उच्च अधिकारीको दबाब पर्दा आईजीपीले नै आफूले राख्न चाहेको लेखापाल वा अधिकृत नसक्ने अवस्था उत्पन्न हुन्थ्यो । प्रहरीको लेखा तालिम लिएर प्रवेश गरेपछि ३० बर्षसम्म नै जिल्ला जिल्लामा लेखापाल हुने गरेको थियो । तर उपेन्द्रकान्त अर्याल आईजीपी भएपछि पहिलो बर्ष नै ८ बर्षमात्र लेखामा काम गर्न पाउने नीति ल्याए । दोस्रो बर्ष अर्यालले ६ बर्षे मापदण्ड लागू गरिदिए । जुन मापदण्ड अद्यापि लागू छ । ६ बर्ष मापदण्ड लागू भइरहेको भएपछि दबाब त कम हुन थाल्यो । तर पनि आकर्षक जिल्ला वा कार्यालयमा सरुवा हुन चलखेल हुने गरेको छ ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend