काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जाल, सार्वजनिक बहस तथा विभिन्न राजनीतिक वृत्तमा नेपाल प्रहरीका वर्तमान आईजीपी दानबहादुर कार्कीमाथि जेनजेड आन्दोलनका घटनालाई लिएर विभिन्न किसिमले प्रताडना दिने, सके कत्लेआम गर्ने दुष्प्रयास भइरहेको छ । तर घटनाको समग्र सन्दर्भ, तत्कालीन कमाण्ड संरचना तथा त्यसपछिका संस्थागत सुधार र नेतृत्वलाई हेर्दा वर्तमान नेतृत्वमाथि दोष थोपरेर प्रताडना दिइरहनु अन्यायपूर्ण हुने तर्क झन बलियो बन्दै गएको छ ।
सुरक्षा स्रोतहरूका अनुसार तत्कालीन एआईजी कार्की २३ गतेको घटनामा उपत्यका प्रहरी कार्यालयको कमाण्डमा थिएनन् । उनी २४ भदौमा मात्रै तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङको मौखिक आदेशमा परिचालित भई काममा खटिएका थिए । स्रोतका अनुसार दुःखद्, विषम एवं चुनौतीपूर्ण अवस्थामा अन्य केही उच्च प्रहरी अधिकारीहरू कमाण्ड लिन तयार नभइरहेका बेला वर्तमान आईजीपी कार्की आदेश शिरोधार्य गर्दै बिना कुनै हिच्किचाहट जिम्मेवारी सम्हाल्न गएका थिए ।
आन्दोलन उत्कर्षमा पुगेको बेला देशभर असामान्य जनलहर, आक्रोश र अस्थिरताको अवस्था सिर्जना भएको थियो । त्यस्तो संवेदनशील परिस्थितिमा उनले प्रहरीलाई ‘आन्दोलनकारीलाई मार्ने वा मर्ने अवस्थाबाट टाढा रहँदै आफ्ना संरचना र हतियार सुरक्षित राख्न र नागरिकलाई न्यूनतम बल प्रयोग गर्न’ निर्देशन दिएको विषय विभिन्न सञ्चारमाध्यम तथा सार्वजनिक बहसमा उल्लेख भइसकेको छ ।
जनता जागेको बेला आन्दोलनपछि नेपाल प्रहरी संगठन गम्भीर दबाबमा पुगेको थियो । प्रहरी संरचनामाथि आक्रमण, सरकारी सम्पत्तिमा क्षति, जवानहरूको मनोबलमा गिरावट तथा संगठनप्रतिको अविश्वास चुनौतीका रूपमा देखिएको थियो । यस्तो कठिन अवस्थामा नेतृत्व सम्हालेपछि आईजीपी कार्कीले संगठनलाई पुनर्जीवित गर्ने लक्ष्यसहित सुधार अभियान अघि बढाएका थिए ।
आन्दोलनपछि अस्तव्यस्त बनेको सुरक्षा संयन्त्रलाई पुनः सक्रिय र व्यवस्थित बनाउन उनले खेलेको भूमिका उल्लेखनीय मानिन्छ । प्रहरी संगठनभित्र निराशा बढिरहेका बेला जवानहरूको मनोबल उकास्ने, संगठनलाई एकताबद्ध बनाउने तथा ‘सेवा नै धर्म’ भन्ने भावनालाई पुनर्जीवित गराउने प्रयास प्रहरी वृत्तमा सकारात्मक रूपमा चर्चा हुने गरेको छ ।
साहित्यिक, प्रेरणात्मक तथा मानवीय अभिव्यक्तिमार्फत् समेत उनले प्रहरी संगठनमा आत्मविश्वास जगाउने प्रयास गरेको धेरै प्रहरी अधिकारीहरू बताउँछन् ।
देश राजनीतिक संक्रमण र अस्थिरताको अवस्थाबाट गुज्रिरहेका बेला सम्पन्न २०८२ फागुन २१ गतेको निर्वाचनलाई धेरै विश्लेषकहरूले नेपालको इतिहासकै तुलनात्मक रूपमा व्यवस्थित र शान्तिपूर्ण निर्वाचनका रूपमा व्याख्या गरेका छन् । २०७९ सालको निर्वाचनमा देशका विभिन्न स्थानमा मृत्यु, घाइते, मतदान स्थगन तथा पुनः मतदानका घटना सार्वजनिक भएका थिए । तर २०८२ को निर्वाचन शान्तिपूर्ण भयो । कतिपय स्थानमा सामान्य प्राविधिक समस्या वा स्थानीय विवाद देखिए पनि मतदान स्थगन भएर पुनः निर्वाचन गर्नुपर्ने अवस्था सिर्जना भएन ।
सुरक्षा निकायहरूबीचको प्रभावकारी समन्वय, मतदाता तथा राजनीतिक दलहरूको सचेतना, सुरक्षा रणनीतिमा गरिएको सुधार तथा नेपाल प्रहरीको अनुशासित परिचालनले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन महत्वपूर्ण भूमिका खेलेको विश्लेषण गरिएको छ ।
सुरक्षा विश्लेषकहरूका अनुसार कुनै पनि आन्दोलन, हिंसा वा मानवीय क्षतिका घटनाको निष्पक्ष छानबिन हुनुपर्छ । तर समग्र परिस्थिति, तत्कालीन कमाण्ड संरचना तथा त्यसपछिका सुधारात्मक योगदानलाई बेवास्ता गर्दै वर्तमान नेतृत्वमाथि मात्र सम्पूर्ण दोष थोपर्ने प्रवृत्तिले प्रहरी संगठनको मनोबल पुनः कमजोर बनाउने खतरा हुन सक्छ । उनीहरूका अनुसार विगतको संकटपछि संगठनलाई पुनः उभ्याउने, आधुनिक बनाउने, जनउत्तरदायी सेवातर्फ लैजाने तथा देशलाई तुलनात्मक रूपमा शान्तिपूर्ण निर्वाचन दिलाउने नेतृत्वको भूमिकालाई पनि वस्तुनिष्ठ रूपमा मूल्यांकन गरिनु आवश्यक छ ।
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाचापत्रमा नातावाद र कृपावादको समूल अन्त्य गर्दै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा मेरिटोक्रेसी लागू गर्ने उल्लेख छ ।...
काठमाडौं । दुई महिनाअघि मधेश प्रदेश प्रहरी कार्यालयका तत्कालीन प्रमुख (डीआईजी) गोविन्द थपलिया र जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख र जुनियर अधिकृतबीचको विवाद सार्वजनिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend