गीत सार्वजनिक हुँदा यसरी धन्यवाद दिइएका बिकास गौतम (बायाँतिर रातो हाइलाइट) को नाम ५ दिनपछि काटिएको छ ।
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की गीत लेख्नुहुन्छ । नेपाल प्रहरीले गीत–संगीतप्रेमी संगठन प्रमुख पाएको छ । आईजीपी कार्कीको देशभक्तिपूर्ण गीत बिभिन्न युट्युबमा सुन्न र हेर्न सकिन्छ । कार्कीको शब्द रचनामा तयार भएको ‘अब बन्छ मेरो देश’ बोलको गीत जेठ १ गते सार्वजनिक भएको छ । उक्त गीत आईजीपी कार्कीले आफ्नै फेसबुक पेजबाट सार्वजनिक गर्नुभएको छ । नेपाल प्रहरीको आधिकारिक फेसबुक पेजदेखि बिभिन्न युट्युब च्यानलहरुबाट पनि उक्त गीत सुन्न र हेर्न सकिन्छ ।
आईजीपी कार्कीको शब्द रचनामा तयार भएको उक्त गीतमा गायकदेखि मोडलिङ गर्नेहरुको नाम उल्लेख छ । संगीत दीपक शर्माले दिएको उक्त गीतका गायककारहरुमा सदीक्षा कट्टेल, समीर खरेल, बेनिशा पौडेल र सविन सुवेदी रहेका छन् ।
गीतमा मोडलिङ गर्ने कलाकारहरुमा आर्यन सिग्देल, सबिन कार्की, किरण थापा, कविता नेपाली, चाहना रानामगर रहेका छन् । उक्त गीत सार्वजनिक भएका दिन आईजीपी कार्कीले नवीना खत्री कार्की र विकास गौतमलाई बिशेष धन्यवाद दिनुभएको थियो । आईजीपी कार्कीले गीतमा बिशेष धन्यवाद दिइएका विकास गौतम मोतिदान कन्ष्ट्रक्सन सेवा प्रा.लि.का संचालक भएको स्रोतले बतायो ।
गौतम ८ बर्षअघि भएको दरबारमार्गस्थित ल्याण्डमार्क होटलको सामूहिक बलात्कारका आरोपी थिए । उनलाई जिल्ला अदालत काठमाडौं हुँदै उच्च अदालत पाटनले १४ महिना कैद संजाय सुनाएको थियो । उनलाई गीतमा श्रीमती नवीना खत्री कार्कीसँगै धन्यवाद दिइएको थियो । तर ५ दिनपछि जेठ ५ गते उक्त गीतबाट विकास गौतमको नाम हटाइएको छ ।
गीत सार्वजनिक भएकै दिन जेठ १ गते नै नेपालफेस प्रतिनिधिले नेपाल प्रहरीका प्रवक्ता डीआईजी अविनारायण काफ्लेलाई विकास गौतमका बारेमा सोधेका थिए । ‘आईजीपी कार्कीले ‘अब बन्छ मेरो देश’मा बिशेष धन्यवाद दिइएका पात्र विकास गौतम २०७४ माघ ७ गते दरबारमार्गको ल्याण्डमार्क होटलमा भएको सामूहिक बलात्कार काण्डमा उच्च अदालत पाटनबाट १४ महिना कैद संजाय सुनाइएका ब्यक्ति हुन्’ भन्ने सूचना आयो । उनी हुन् कि अरु नै विकास गौतम हुन् भनी जिज्ञासा राखेको थियो ।

डीआईजी काफ्लेले बुझेर मात्र जवाफ दिन सक्ने बताउनुभयो । र, केहीबेरपछि उहाँले नेपालफेस प्रतिनिधिलाई फोन गरेर भन्नुभयो–‘तपाईंले भनेको कुरा गलत रहेछ, गीतमा धन्यवाद दिइएका विकास गौतम गजब टीभीमा काम गर्ने सामान्य कर्मचारी रहेछन् । उनले सहयोग गरेकाले धन्यवाद दिइएको रहेछ ।’
तर गजब टीभी मनोरन्जमूलक युट्युब च्यानल भएको र उक्त च्यानलको मुख्य सञ्चालन, व्यवस्थापन र भिडियो निर्माण–निर्देशनको नेतृत्व सुरज शाक्यले गर्दैआएको खुल्यो । उक्त च्यानलमा विकास गौतम नामक कर्मचारी नरहेको बुझिएको छ । तर प्रहरी प्रवक्ता काफ्लेले नेपालफेस प्रतिनिधिसँग गजब टीभीका कर्मचारी भन्नुभयो । तर ५ दिनपछि गीतबाट एकाएक नाम नै हटाइनुले बिशेष धन्यवाद दिइएका पात्र तिनै ल्याण्डमार्क सामूहिक बलात्कार काण्डका विकास गौतम नै भएको आशंकालाई बल पुगेको छ । विवादित ब्यक्तिको नाम परेको बिषयमा मिडियाले सोधीखोजी गरेपछि उनको नाम हटाइएको स्रोतको दाबी छ ।
विकास गौतम पछिल्लो समय भएको ठेक्का ह्याकिङमा पक्राउ परेका र पक्राउको सूचीमा रहेका ठेकेदार र कर्मचारीहरुलाई जोगाउन सेटिङमा समेत लागेको आरोप छ ।गौतमले उच्च प्रहरी अधिकृतसँग आफ्नो पहुँच रहेको भन्दै ह्याकिङमा नाम आएको छ भन्दै केही ठेकेदारहरुलाई फोन समेत गरेको स्रोत बताउँछ ।
नेपाली सेनाको फाष्टट्रयाकको ठेक्कामा गौतमले भारतीय कम्पनीलाई ल्याएर ईबिडिङमार्फत् नै ठेक्का ह्याकिङ गरी हत्याएको आरोप छ । त्यसो त महान्यायाधीवक्तामार्फत् सरकारी वकिललाई दबाब दिई विद्युतीय कारोबारमा मात्र मुद्दा चलाएर कालिका कन्ष्ट्रक्सनका विक्रम पाण्डे र आशिष निर्माण सेवाका ऋषिकेश गौलीसहितका ठेकेदार रिहा भइसकेका छन् ।
आशिष निर्माणका ऋषिकेश गौलीले कम्पनीको सबै ठेक्काको काम छोरा निर्माण गौलीले हेर्ने बयान दिएका थिए । तर सीआईबीले निर्माण गौलीलाई पक्राउ पूर्जी नै नल्याई उन्मुक्ति दिएको छ । ईबिडिङ ह्याकिङमा ठेकेदार पक्राउ पर्न थालेपछि उनी गायब भएका थिए । तर ठेकेदारहरु धरौटीमा रिहा भइसकेपछि उनी नेपालमा आइसकेका छन् ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend