Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • एमालेको केन्द्रीय कमिटीको बैठक आजबाट, भीम रावललाई निस्कासन गर्ने निर्णय अनुमोदन गर्ने


    आइतबार, पुष २१ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । सत्तारूढ दल नेकपा एमालेको केन्द्रीय समितिको बैठक आजबाट सुरू हुँदैछ ।

    गएको पुस १८ गते बसेको सचिवालय बैठकले पारित गरेको पार्टी अध्यक्ष केपी शर्मा ओलीले पेस गर्ने राजनीतिक प्रतिवेदनमाथी बैठकमा छलफल हुनेछ ।

    बैठक बिहान ११स्०० बजेवाट केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा बस्नेछ ।

    च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले पुस २१ र २२ गते बस्ने भनिएको केन्द्रीय समिति बैठकका अजेन्डा पनि तय गरेको थियो ।

    जसअनुसार आजको बैठकमा पेश गरिने राजनीतिक प्रतिवेदनमा देशको पछिल्लो राजनीतिक विषयसहित एमाले र कांग्रेसका बीचको सहकार्यका बिषयमा पनि उल्लेख गरिएको छ ।

    साथै, सरकार गठनयताको ६ महिनाको समीक्षा प्रतिवेदन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिका बीच पार्टीलाई कसरी अघि बढाउने बिषयमा केन्द्रीय सदस्यले आ–आफनो धारणा राख्नेछन् । बैठकलने सचिवालय बैठकले गरेको भीम रावललाई निस्कासन गर्ने र बिन्दा पाण्डे र उषाकिरण तिमल्सिनालाई निलम्बन गर्ने निर्णय पनि अनुमोदन गर्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार