काठमाडौं । भन्सार कार्यालयबाट आयातकर्ता ब्यापारीहरुले गुणस्तर र परिमाणमा तलमाथि गरी सामान ल्याउने गरेका घटना त प्रायः भइरहेका छन् । तर प्रज्ञापनपत्रमा एउटा सामान उल्लेख गरिएको र सोही अनुसार नै घोषणा गरी भन्सारका कर्मचारीहरुले चेकजाँच गरिसकेको कन्टेनरमा अरु नै सामान भेटिएपछि भन्सारदेखि राजस्व अनुसन्धान विभागका अधिकारीहरुलाई झस्काएको छ ।
गएको मंसिर पहिलो साता राजस्व अनुसन्धान विभागले रसुवा भन्सारबाट जाँचपास भई छुटेको कन्टेनरमा घोषणा गरेको सामानभन्दा फरक सामान फेलापारेको थियो । राजस्वले बरामद गरेको कन्टेनरमा रसुवा भन्सारमा घोषणा गरेको सुटकेस र सिरक झिकेर जुत्ता प्याकिङ गरेको भेटिएको थियो । भन्सार चेकजाँचपछि ब्यापारी बुद्ध लामाले सिल तोडेर सिरक र सुटकेश झिकेर जुत्ता हाली अर्को सिल लगाएको आरोप कर्मचारीहरुले लगाएका छन् । भन्सारले सिल लगाएको कन्टेनरमा अर्को गाडीको सामान कसरी राखियो भन्ने बिषयमा राजस्वले अनुसन्धान गरिरहेको छ । भन्सार परिसरमै सिल तोडेर जुत्ता लोड गरिएको खुलेको छ ।
रसुवा भन्सारबाट आयात भएको कन्टेनरमा मालबस्तु नै फेरेर अर्कै सिल लगाएको कन्टेनर बरामद भएपछि भन्सार बिभागले जाँचकीसहित ४ कर्मचारीलाई तानेको छ । तानिएका कर्मचारीहरुमा नायबसुब्बा लोकबहादुर बिष्ट, अधिकृतत्रय हंस रावल, शिवओम श्रेष्ठ र नगेन्द्र जैसी छन् ।
४ कर्मचारी तानिए पनि भन्सार कार्यालय रसुवाका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईलाई भने कुनै एक्सन लिएको छैन । जबकि यसअघि परिमाणमा सामान्य तलमाथि हुँदा तत्कालीन कार्यालय प्रमुख नारायण भण्डारीसहितका कर्मचारीहरुलाई तानिएको थियो । तर सिल नै तोडिएको अवस्थामा राजस्व अनुसन्धान बिभागले कन्टेनर बरामद गरिसकेको अवस्थामा कार्यालय प्रमुखलाई जोगाएर नासु र अधिकृतहरुलाई मात्र बलीको बोका बनाउन लागिएको छ ।
भन्सार कार्यालय रसुवाका प्रमुख भन्सार अधिकृत भट्टराई भने तानिएका ४ कर्मचारीलाई पनि ब्यापारीको टाउकोमा दोष सबै थोपेर पुनः रसुवा फर्काउन अहोरात्र लागिरहेका छन् ।
कसरी गरियो सामान फेरबदल ?
घोषणा गरेको सामान झिकेर ब्रान्डेड जुत्ता लोड गरी नक्कली सिल लगाउने ब्यापारी बुद्ध लामालाई राजस्व अनुसन्धान विभागले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
लामाले आफ्नै नाममा रहेको वजन इन्टरप्राइजेजबाट सामान आयात गरेका थिए । प्रज्ञापनपत्रमा सुटकेस र सिरक घोषणा गरेर करिब ८ लाख भन्सार तिरेका थिए ।
गएको मंसिर २ गते दिउँसो जाँच सकिएको ना ३ ख ७०१ नम्बरको कन्टेनर साँझ करिब ६.३० मा भन्सारहाताबाट बाहिरिएको थियो । राजस्वले कन्टेनर भन्सारबाट छुटेको २ दिनपछि मंसिर ४ गते बाटोबाट बरामद गरेको थियो ।
वा ६ ख १००० नम्बरको कन्टेनरमा ताला लगाएर राखेको अवस्थामा बुद्ध इन्टरप्राइजेजले घोषणा गरेकै मालवस्तुमा मेल खाने सुटकेस र सिरक भेटिएको थियो । लामाले उक्त कन्टेनर आफ्नो बताएकाले चेक गरिएको थियो ।
घोषणा गरेको मालबस्तुको खोजी गर्दा कन्टेनरमा लोड गरेको अवस्थामा छरपष्ट रूपमा राखिएको केही सुटकेस र सिरक भेटिएको दाबी भन्सारका कर्मचारीले गर्दैआएका छन् ।
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend