Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रसुवामा भीषण बाढी, २ प्रहरीसहित १५ जना बेपत्ता, ९ को उद्धार


    मंगलबार, असार २४ २०८२
    815
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । चीनको तिब्बतबाट आएको बाढीमा परेर रसुवामा १५ जना बेपत्ता भएका छन् ।

    जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार जिल्लाको टिमुरेमा बाढीमा १५ जना बेपत्ता भएका हुन् । भन्सार कार्यालय रसुवाको यार्डमा राखिएका गाडीहरु बगाएको छ । उद्दार गर्न गएको टोलीका सदस्यहरु नै फसेका छन् ।

    रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार चारजना चिनियाँ कामदारसहित १५ जना बेपत्ता भएका छन् ।

    बेपत्ता हुनेमा दुईजना प्रहरी पनि रहेको बताइएको छ । ९ जनाको उद्धार गरिसकेको उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार